बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडा अध्यक्ष तिलक पुन सहित ३ जना कार्यकर्तालाई आफ्नै पार्टिले कार्वाही गरेको एक विज्ञप्ति मार्फत जनाइएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीद्धारा आज जारि वक्तव्यमा, ‘बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका खुंगा, लुकुरवनमा गत असार १३ गते कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहतस्वरुप वितरण गर्न लगिएको खाद्यान्न खोलामा फ्याँकेको आरोपमा वडा अध्यक्ष पुनको निर्देशन रहेको र अन्य २ जना जनप्रतिनिधि संलग्न रहेको उल्लेख गरिएको छ ।’ विज्ञप्तिमा, ‘गत असार १३ गते टयाक्टरबाट लैजाँदै गरेको खाद्यन्न र विरामी उपचार गर्न पठाएको नगर समेत खोसेर लगेको, साथै घटनामा स्थानीय डिलबहादुर सेर्वुजा र टयाक्टर चालक समेत आक्रमणमा परि घाइते भएको भनिएको छ ।
उक्त घटनाको राष्ट्रिय जनमोर्चा बागलुङले छानवीन गरि पठाएको रिपोर्ट अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडा अध्यक्ष पुनको निर्देशन र निर्वाचित वडा सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी उक्त घटनामा संलग्न भएको उल्लेख छ ।’ पार्टि अध्यक्ष केसीद्धारा जारि विज्ञप्तिमा थप भनिएको छ, ‘यसरी घटनामा संलग्न भएका तीनै जना जनप्रतिनिधिलाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट निष्कासित गरिएको र उनीहरु गत कार्तिकमा भएको कुटपिट घटनामा समेत संलग्न रहेकोले अनुशासनको कार्वाहीमा परिसकेको उल्लेख गरिएको छ ।’
पार्टिको विज्ञप्तिपछि वडा अध्यक्ष पुनले, ‘विभिन्न सञ्चार माध्यमहरु मार्फत आफूलाई निराधार र तथ्यहिन आरोपहरु लगाइएको बताउँदै, आन्तरिक पार्टि मतभेद समाधान गर्न नसकेर पार्टिका केही व्यक्तिहरुले पार्टि सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । पार्टि अध्यक्षको विज्ञप्ति आफूले पनि सामाजिक सञ्जालमा देखेको बताउँदै अध्यक्ष पुनले, पार्टि केन्द्रले सत्य तथ्य नबुझी, गलत र भ्रामक सूचनाको आधारमा गम्भीर गल्ती गरेको जिकिर गर्नुभयो ।’
राहत सामाग्री फाल्न आफ्ना् निदेर््शन रहेको भन्दै गरिएको अनर्गल प्रचारवाजीका विषयमा आफू जानाकार नभएको बताउँदै पुनले, राहत ल्याउने, कहाँको संस्था हो, को सहयोगी हो, कसरी ल्याइयो, आफूलाई त्यस विषयमा कुनै जानाकारी नभएको बताउनुभयो ।’ असार १३ गते आफू सहित वडाका जनप्रतिनिधि ढोरपाटन नगरपालिकाको नगरसभामा उपस्थित भएर वजेट माथि छलफलमा भएकोवेला मलाई घटनामा मुछेर निर्देशन गरेको र त्यहाँका जनप्रतिनिधि घटनामा सहभागी भएको जस्ता तथ्यहिन कुराहरु आफूलाई गत कार्तिकमा आक्रमण गर्ने व्यक्तिहरुले मिडियावाजी गरेको बताउँदै अध्यक्ष पुनले, आफ्नो बद्नाम गर्न पार्टिकै केही व्यक्तिहरु लागि परेको आरोप लगाउनुभयो ।
वडा अध्यक्ष पुनले, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ३ वर्षसम्म हुँदासम्म पनि जिल्ला पार्टि र केन्द्र पार्टिले वडामा को निर्वाचित भयो भन्ने थाहा नपाएको टिप्पणी गर्दै, यस्तो पार्टि र यसका नेताहरुले मेरो कुरा र मतभेद सुन्ने जान्ने कुरा नरहेको बताउनुभयो । पार्टिका केन्द्रिय अध्यक्ष समेत रहनुभएका चित्रबहादुर केसीद्धारा जारि विज्ञप्तिमा स्थानीय गनबहादुर फागामी समेत निर्वाचित जनप्रतिनिधि रहेको सूचना दिने जिल्लापार्टिका नेताको कुरा सुनेर हास्यस्पद विज्ञप्ति जारि गरेको उहाँले बताउनुभयो । यसरी जिल्ला पार्टिले गलत सूचना दिने र यथार्थ सत्य तथ्य नबुझी गरेको हर्कत प्रति आफू दुखी भएको भन्दै, घटनाको सत्य तथ्य तत्काल मिडिया सामु ल्याउने बताउनुभयो ।
विज्ञप्तिमा भनिए अनुसार, गत कार्तिकमा केही स्थानीय अपराधिक क्रियाकलापमा संलग्न तथा अराजक मानसिकताका व्यक्तिहरुले, आफूमाथि साँघातिक हमला गरि टाउकोमा ३२ वटा टाँका लगाउने गरि कुटपिट गरेको विषय सबैलाई विधितै भएको बेला विज्ञप्ति मार्फत आफूलाई पहिmलै कार्वाही गरेको भन्ने जस्ता शब्द पेश गर्नु अत्यन्त दुर्भाग्य र पार्टि भित्रैका केही कुटिल व्यक्तिहरुको भनसुनमा पार्टि सत्ताको चरम दुरुपयोग भएको भन्दै अध्यक्ष पुनले उक्त विषयको खण्डन गर्नुभयो ।