गुल्मी काँग्रेसले बाँड्यो पहिरो प्रभावित क्षेत्रमा राहत !

गुल्मी काँग्रेसले बाँड्यो पहिरो प्रभावित क्षेत्रमा राहत !

Badigad Online
3 Min Read

रमेश विश्वकर्मा, गुल्मी । जिल्लाका पहिरो पीडितका लागि नेपाली काँग्रेस गुल्मीले आवश्यक राहत सहयोग गरेको छ । ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई काँग्रेसले १ लाख ५० हजार बराबरको राहत सहयोग गरेको हो । पीडामा परेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत सहयोग गरेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

उनका अनुसार स्थलगत अनुगमन पश्चात प्रभावित क्षेत्रमा खानेपानी, सडक, विद्युत लगायतका सेवाहरु अवरुद्ध हँदा समस्याहरु समेत उत्पन्न भएकाले अति–आवश्यक खाद्यन्न सामग्री प्रदान गरिएको हो । काँग्रेसले पीडितलाई त्रिपाल ६१ थान, चामल १२ बोरा, चिउरा ५ बोरा, दाल २ बोरा, चाउचाउ ५५ प्याक, तेल १० लिटर, नुन १० किलो र पानी ४० प्याक लगायतका विभिन्न खाद्य सामग्री सहितको राहत वडा अध्यक्ष चुराबहादुर खत्रीलाई प्रदान गरिएको हो ।

हस्तिचौरमा मानविय क्षति हुने गरी भएको विपत्तिका कारण सिंगो जिल्लाको सिंगो नेपाली काँग्रेस मर्माहत बनेको भन्दै पर्टी सभापति भुवन प्रसाद श्रेष्ठले दुख व्यक्त गरे । उनले भने ‘काँग्रेस सुख र दुःखको साथी हो ।’ मानविय क्षति हुने गरी गएको पहिरोका कारण १८ महिने बालक र ९ वर्षिय बालिकाले ज्यान गुमाउनु परेको दुःखद परिस्थितीलाई स्मरण गर्दै विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरी स्थापित गर्न सभापति श्रेष्ठले तिनै तहका सरकारलाई आग्रह समेत गरेका छन् । प्रभावित क्षेत्रमा तत्कालै भू–गर्भविद्हरुको टोली लिएर अध्ययन गर्न सरकारसँग काँग्रेसले माग गरेको छ ।

पीडितले भने अहिलेसम्म आफुहरुलाई कुनै निकायले पनि सहयोग नगरेको बताएका छन् । विपद्का बेला स्थानीय सरकार मुखदर्शक बनेको स्थानीयहरुले बताएका छन् । काँग्रेसले त्यहाँ राहत लिएर पुगेपछि प्रभावित क्षेत्रका पीडितहरु हर्षित बनेका छन् । काँग्रेसले यसपछि पनि श्रृङ्खलावद्ध रुपमा राहत प्याकेज ल्याउने श्रेष्ठले घोषणा गरे । असार १८ गते परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो । बाढी पहिरोमा परेर दर्जनौ घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् ।

राहत प्रदान कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, उपसभापति विष्णुप्रसाद बलाल, कोषाध्यक्ष हरिबहादुर केसी, काँग्रेस नेता महेन्द्र भण्डारी, क्षेत्रीय सभापति भगत सिंह खड्का लगायतका काँग्रेस नेताहरुको सहभागिता रहेको थियो । राहत प्रदान गर्नको लागि काँग्रसलाई कर्मचारी बचत तथा ऋण सहकारी संस्था, नेपाल निजमति कर्मचारी युनियन ९संघ० लगायतका विभिन्न सामाजिक संघ संस्था र विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित