– सरोजराज पन्त
धवलागिरिमा त्रिभुवन विश्व विद्यालयका आगिक सामुदायिक र .संस्थागत गरी २७ वटा क्याम्पसहरु रहेका छन् । यी क्याम्पसहरु मध्ये धवलागिरिको एक मात्र आगिक क्याम्पस धवलागिरि वहुमुखी क्याम्पस बागलुङ बि.स २०१९ सालमा स्थापना भएको हो । यस क्याम्पसमा २०५३ साल देखि स्नातक तहमा समाजशास्त्र ÷मानवशास्त्र विषयको अध्ययन अध्यापन हुँदै आएको छ । यसैगरी स्नातकोत्तर तहकोपठनपाठन २०५९ देखि प्रारम्भ भएको छ ।
त्यस पछि समाजशास्त्र / मानवशास्त्र विषयको छुटै विभागको गठन भइ स्नातक र स्नातकोत्तर तहको पठनपाठनसगंै समय समयमा सेमिनार, गोष्ठी, अन्तरक्रिया छलफलका कार्यक्रमहरु यस विभागले सम्पन्न गदै आइरहेको छ । मानविकी तथा सामाजिकशास्त्र सकाय अन्र्तगत समाजशास्त्र तथा मानवशास्त्रका परिवर्तित पाठ्यकम अनुसार समाजशास्त्रमा ३ बर्षे विए प्रथम, द्धितिय र तृतीय वर्षमा क्रमश २०, ४० र ६० अंक प्रयोगात्मक परीक्षालाईका लागि छुटाए पछि विए प्रथम, द्धितिय र तृतीय वर्षमा स्थलगत अध्ययन अनुसन्धान कार्य सम्पन्न गरी प्रतिवेदन प्रकाशित गर्ने र सोही आधारमा विद्याथीहरुको क्षमता मूल्याड्ढन गर्ने कार्य हुदै आएको छ । अहिले ४ बर्षे विए प्रथम, द्धितिय, तृतीय र चौथो वर्षमा क्रमश ३० अंक प्रयोगात्मक र मूल्याड्ढनका लागि छुटाएको छ ।
३ बर्षे विए प्रथम, द्धितिय र तृतीय वर्षमा क्रमश २०, ४० र ६० अंक प्रयोगात्मक परीक्षा अन्र्तगत बागलुडको भकुण्डेको सांस्कतिक जनजीवन, वागलुड पच्चकोटको धार्मिक, सांस्कतिक अध्ययन, पर्वत जिल्लाका अग्ला पुलहरुको सामाजिक, आर्थिक प्रभाव, वञ्जीजम्प र यसको सम्भावना, यान्त्रिक पूल म्याग्दीको सिंगा तातापानीको स्वास्थ्य सम्बन्धि महत्वको अध्ययन भएका छन् । यस्तै गरी स्नातकोत्तर तहका विद्यार्थीहरुका लागि पनि स्थलगत अध्ययन अनुसन्धान गरी अनिवार्य शोध कार्यको लागि अभ्यस्त हुन प्रेरित गरिएको छ । यसैगरी स्नातकोत्तर तहका विद्यार्थीहरुलाई शोध पत्र लेखनका लागि कम्तीमा २ दिनको शोध अभिमुखीकरण कार्यकम सम्पन हुदै आएको छ । समग्रमा यस विभागले थारै जनशतिm, स्रोत साधनसगै हातमालो गर्दै अधिकतम प्रतिफलका लागि कियाशील रहदैआएको छ ।
यतिमात्र नभइ २०६२ साल देखि यस विभागले धवलागिरि जर्नल अफ सोसीआोलोजी एण्ड एन्थ्रोपोलोजी नामको जर्नल मार्पmत अनुसन्धानात्मक लेख रचनाहरु प्रकाशन गरी धवलागिरि क्याम्पसलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउने र धवलागिरिको सान बढाउने काम गदै आएको छ । धवलागिरि जर्नल अफ सोसीआोलोजी एण्ड एन्थ्रोपोलोजी जर्नल अनलाइन प्रकाशन हुदै आएको छ । हालसम्म १३ अंक प्रकाशन भइ सकेका छन भने जर्नलले अन्तराष्ट्रिय मान्यताका पाई सकेको छ ।
त्रिभुवन विश्वविद्यालय धवलागिरि बहुमुखी क्याम्पस बागलुङका वि.ए. तेस्रो वर्षका समाजशास्त्र/ मानवशास्त्र विषयका विद्यार्थीहरुले वि.सं. २०६६ देखि हालसम्म धवलागिरिको मुस्ताङ जिल्ला लोमान्थाङ, उपल्लो मुस्ताङ, कास्कीको घान्द्रुक, घोडेपानी, मुक्तिनाथ, घलेगाउँ लमजुङ, ढोरपाटन, दामन पालुङ हेटौडा, इलाम, दार्जिलिङ, म्याग्दी नागी र मुस्ताङ मार्फा, भुजुङ, लमजुङ, सिरुवारी स्याङ्जा, ढोरपाटन क्षेत्र लगायतका आर्थिक, साँस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रहरुको अध्ययन अनुसन्धानमा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका वि.ए. तेस्रो वर्षका समाजशास्त्र/मानवशास्त्र विषयका विद्यायार्थी,प्राध्यापकहरुले वि.सं. २०६६ देखि २०७६ सम्म स्थलगत अध्ययन अनुसन्धान गरी प्रकाशित लेखरचनाहरु, जनगणना, ब्रोसर आदि प्रकाशित–अप्रकाशित सामग्रीहरु प्रयोग गरिएको छ ।
अहिलेसम्म १० औ पटक अनुसन्धान कार्य यस विभागले संयोजन गरी सम्पन्न गरेको छ । माथिको तालिकालाई अध्ययन गर्दाहालसम्म २०६६ साल देखि हालसम्म १० वटा अनुसन्धान सम्पन्न भईसकेका छन् । अध्ययन क्षेत्रको आधारमा विश्लेषण गर्दा १० वटा अनुसन्धान मध्ये ८ वटा गण्डकी प्रदेशमा गरिएको छ । जसमा नेपालको आश्चर्यजनक विवाह पद्दति पाण्डप विवाहको अध्ययन लोमाडथान मुस्ताङ, धान्दु्रक, घोडेपानी मुस्ताङको पर्यटन पर्यावरण, अध्ययन, जैविक विविधता पर्यटन र कृषि ढोरपाटन पर्यावरणको संरक्षण ग्रामीण पर्यटन होमस्टे, घले गाउँ लमजुङ, मुस्ताङको पहिचान म्यादी राम्चेको नागी गाउँ अन्तर्गत स्थानीय स्रोत साधन पयर्टन सस्कृति र विविध सम्भावनाको खोजी गर्नेप्रयत्न भएको छ । यसैगरी लमजुड जिल्लाका भुजुडको ग्रामीण पर्यटन, कृषि, उद्योग, पर्यावरण तथा सास्कृतिक पक्षको अध्ययन अनुसन्धान भएको छ । यस्तैगरी नेपालको पहिलोघरवास कार्यक्रम अन्तगर्तरहेको स्याडज सिरुवारीकोघरवास, वातावरण सस्कृति र सामाजिक आर्थिक प्रभावको अध्ययन गरिएको छ ।
गण्डकी प्रदेश भन्दा बाहिर जम्मा २ वटा अध्ययन अनुसन्धान भएका छन् जसमा प्रदेश न १ अन्तगर्त इलामको पयर्टन कृषि त्यहाँको लोपोन्मुख लाप्चा जातिसगै उद्यमी इलामवासीको जिविकोपार्जन अन्तर्गत ७ अ ओलन, अम्रिसा,ेअदुवा, आलुअर्थोडक्स चिया, अलैची लगायत अकबरेखुर्सानी, किवी खेती, अथिति सत्कार आदिको अध्ययन गरी त्यहाँको जस्तो सस्कृति बागलुडमापनि रहेकाले बागलुङमा यस्ता अवसरहरु सृजना गर्न र अवसर रोजगार प्राप्त गर्न दिलाउन सकिनेबारे अध्ययन गरिएको छ ।
क्षेत्रगत रुपमा सम्पन्न अनुसन्धान मध्ये ४ वटा धवलागिरि क्षेत्रमा सम्पन्न भएका छन् । यसबाट धवलागिरिको एक मात्र आडगिक क्याम्पस बागलुडले धवलागिरिको कृषि, पर्यटन, सस्कृति, सामाजिक, आर्थिक आदि अवस्थाका अध्ययन गरिएको देखिन्छ यद्मपि स्थानीय अध्ययन अनुसन्धानलाई अझैथप कसिलो गरी सम्पन्न उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी स्वरोजगार हुन आन्तरिक र वाह्रय पर्यटन भित्राउन सक्नेगरी थप अध्ययन अनुसन्धान स्थानीय स्तरमानै गर्नुपर्ने देखिन्छ । अध्ययन अनुसन्धानको प्रकृतिलाईहेर्दा समाजशास्त्रीय भन्दा मानवशास्त्रीय अध्ययन अनुसन्धानमा विशेष महत्व दिएको देखिन्छ । यसैगरी क्षेत्रगत अध्ययन अनुसन्धानलाई हेर्दा हालसम्म गरिएका १० वटा अध्ययन मध्येकृषि, पर्यटन, उद्योग, सस्कृति, आर्थिकजीविको पार्जन लोपोन्मुख जातिको जनजीवनवनकरिया लाप्चा स्थानीय उत्पादन जडिबुटी पर्यावरण जैविक विविधता घरवास कार्यक्रम आदिलाई समेटने प्रयास भएको छ ।
तथ्याड्ढका स्रोतहरुलाई हेर्दा प्राथमिक स्रोतलाई आधार मानी तथ्याडकहरु सकलन गरिएको पाइन्छ । जसमा प्रथम पटक लोमाडथानको बहुपति प्रथा, पाण्डप विवाह देखि १०औ पटकको ढोरपाटन क्षेत्रको पर्यापयर्टन, कृषि, उत्पादन, ढोरपाटन शिकार आरक्षणसम्म आइपुग्दा निरन्तर प्रतिवेदन प्रभावकारी रहेको देखिन्छ । यसैगरी द्दितीय तथ्याड्ढका स्रोतहरु जस्तै पुस्तक, प्रतिवेदन, गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति , पूर्व गाउँ विकास समिति, जिल्ला विकास समिति आदिका प्रतिवेदन , प्रोफाइल , गैरसरकारी सस्था, अन्तराष्टिय गैरसरकारी सस्थाका प्रतिवेदन आदिलाई आधार मानिएको देखिन्छ ।
अनुसन्धानकर्ताको सख्यात्मक उपस्थितिको आधारलाई विश्लेषण गर्दा २०६६।०६७ को सख्या ३५ रहेको र कमश सहभागी अनुसन्धानकर्ताको सख्या घट्टो क्रममा रहेको देखिन्छ । २०७५ सालको ढोरपाटन क्षेत्रको अनुसन्धान गर्ने क्रममा भने सख्या २५ पुगेकोे छ ।
छात्रको तुलनामा छात्राको सख्या क्रमश कम रहेको छ । लैङगिक सहभागिताको आधारलाई विश्लेषण गर्दा पहिला छात्रको सख्या बढि रहेकोमा पछिल्लो समय छात्राको सख्या बढ्दो क्रममा र छात्रको सख्या घट्दो क्रममा रहेको छ । अनुसन्धान समूहको सयोजकको नेत्रित्वलाई हेर्दा १० वटा अनुसन्धान मध्ये ९ वटामा छात्रको नेतृत्व रहेको छ भने एउटामा मात्र छात्राको नेतृत्वमा अनुसन्धान र प्रतिवेदन प्रकाशन भएको छ । हरेक वर्षको अध्ययन अनुसन्धानको कार्यमा विभागले सयोजनकारी भूमिका निर्वाह गदै आएको छ । अध्ययन अनुसन्धानको प्रकृतिलाई हेर्दा समाजशास्त्रीय भन्दा मानवशास्त्रीय अध्ययन अनुसन्धानमा विशेष महत्व दिएको देखिन्छ । यसैगरी क्षेत्रगत अध्ययन अनुसन्धानलाई हेर्दा हालसम्म गरिएका १० वटा अध्ययन मध्ये कृषि , पर्यटनउद्योग सांस्कृतिक, आर्थिक जीविकोपार्जन, लोपोन्मुख जातिको जनजीवन अन्तगर्त वनकरिया लाप्चा स्थानीय उत्पादन जडिबुटी, पर्यावरण, जैविक विविधता, घसवास कार्यक्रम आदिलाई स्थानीय स्तरमा प्रयोग गर्नेगराउने आदि बारेमा अध्ययन भएको छ । आगामी दिनमा गहन, महत्वपूर्ण, प्रभावकारी योजना बनाएर अगाडि वढ्न सकेको खण्डमा यस्तो अनुसन्धानले विद्यार्थीको क्षमतावृद्दि गर्न र नेतृत्व विकासमा टेवा पुग्ने छ ।
अनुसन्धान समय , मौसम र प्रतिवेदन लेखन प्रकाशनको आधारमा हेर्दा प्राय अनुसन्धान गर्नेकार्य चैत्र वैशाख महिनामा हुने गरेको देखिन्छ । २ वटा मात्र पुस महिनामा सम्पन्न भएका छन् भने अन्य चैत्र वैशाख महिनामा सम्पन्न भएका छन् । अनुसन्धानका लागि जाडोमहिना भन्दा भर्खर मौसम जाडोबाट गर्मी सुरु हुने चैत्र महिना उपयूतm हुने भएकाले यस्तो उपयूतm समय ठानिएको हुनु पर्दछ । यसैगरी लामा दिन हुने महिनामा धेरै समय अध्ययन अनुसन्धानमा लाग्न सकिने भएकोले पनि यस्तो समय छनोट भएको देखिन्छ । अनुसन्धानका लागि अध्ययन क्षेत्रमा विताएका दिनको आधारमा विश्लेषण गर्दा कम्तिमा ५ दिनेदेखि ९ दिनसम्म रहेर अध्ययन अनुसन्धानका उद्देश्यहरु हासिल गर्न उद्यत रहेको देखिन्छ ।
प्रतिवेदन अर्थात पुस्तक प्रकाशनको समयावधिको आधारमा हेर्दा हरेक प्रतिवेदन कम्तीमा ९ महिना देखि वढीमा १५ महिना भित्र प्रकाशन भएको देखिन्छ । यस समयावधिलाई प्रतिवेदन लेखन,सम्पादन, प्रकाशन, विमोचन आदिकोआधारमा समूचित मान्न सकिन्छ । किनकि पछिल्लो समयमा सबेै सहभागी अनुसन्धानकर्ताले १÷१ वटा लेख लेख्ने जुन अनुसन्धान ढाँचामा तयारपार्न पर्ने, सन्दर्भ सामग्री राख्ने, खर्च विवारण राख्ने कारण समय सीमा थप भएको देखिन्छ । यस्तै २०७२ दखिे अध्ययन अनुसन्धान प्रतिवेदन प्रकाशनका लागि आइएसवीएन नम्वर लिने कार्य हुनु र क्रमश सख्यात्मकसगै गुणात्मक पक्षलाई समेत ध्यान दिदै जानुले पनि यसको सान्र्दभिकता झन् बढदै गएको छ ।
- वि.सं. २०६६ देखि २०७६ सम्म प्रकाशित प्रतिवेदनहरु
- क) लोमान्थाङ मुस्ताङ २०६६
यस समाजशास्त्र.मानवशास्त्र विभागको संयोजनमा २०६६ सालमा पहिलोपटक गरिएको मुस्ताड जिल्लाको लोमान्थाङको बहुपति विवाहको अध्ययनले त्यहाको बहुपति प्रथा, विवाह प्रचलनको ऐतिहासिक पक्ष, बहुपति विवाह गर्नेको अवस्था अध्ययन, त्यहाँको लैगिक अवस्था , बसाइसराइ, पर्यटनका सम्भावना र चुनौति, सामाजिक परिवर्तनको बारेमा अध्ययन गरिएको छ । नेपालमा विभिन्न संस्कृतिहरु छन् । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक देश हो । एक परिवारका दाजु भाइले एउटा मात्र पत्नी विवाह गर्ने चलन नै बहुपति विवाह हो । नेपालमा कैयौँ हिमाली क्षेत्रमा अझै पनि यो चलन प्रचलित छ तर विश्वमा यो विवाह प्रणाली दुर्लभ मानिन्छ । लोमान्थाङको बहुपति विवाहको कारणमा विशेषतःआर्थिक स्रोत र साधन नटुक्रिने कारण नै प्रमुख मानिएको छ ।
मिलेर बस्दा घर समाजमा काम गर्न धेरै सहुलियत हुन्छ । बहुपति विवाह गर्ने कि नगर्ने भन्ने निर्णय सर्वप्रथम केटा पक्षको परिवारले टुङ्गो लगाउनु पर्दछ । विशेष गरी आमा बुवाले छोराहरुलाई राखेर कुरा गरी दाजुभाइहरु मन्जुर भएमा मात्र त्यसप्रकारको विवाह हुन्छ । यदि एक पटक निर्णय गरिसकेपछि मैले विवाह स्वीकारदिन भनेर भाइहरुले भन्न मिल्दैन । यदि अस्वीकार भएको खण्डमा, अस्वीकार गर्ने भाइ पैत्रिक सम्पत्तिबाट बञ्चित हुनुपर्दछ । घरमा भएको सल्लाह केटी पक्षकालाई सुनाइन्छ र माइतीले स्वीकारे मात्र विवाह हुन्छ । जुनजुन भाइले विवाह गर्ने हो उनीहरुसँगै बस्ने र खाँदा र घिउको टीका ग्रहण गर्ने चलन छ । कृषि, घर, व्यापार, भाइ भाइको सल्लाहमा चल्ने गर्दछ । यस प्रथाले गर्दा स्वास्नी मान्छे हत्तपत्त विधवा हुन पर्दैन । यस वैवाहिक प्रचलनका विरुद्ध धेरै पहिलेदेखि विद्रोह भएको पाइन्छ । विवाह, सम्बन्ध विच्छेद र महिलाको सामाजिक, आर्थिक अवस्था र हाल विवाहको संरचना कसरी परिवर्तन भन्ने बारेमा पनि थप अध्ययन हुन जरुरी रहेको छ ।
- ख) पर्यावरणीय पर्यटन २०६७
२०६७ को स्थलगत अध्ययन अनुसन्धान समूहले कास्की जिल्लाको घान्द्धुकको अध्ययन गरेको छ जसअन्तर्गत पर्यावरणीय पर्यटक व्यवसाय अनुसार र चुनौति, त्यहाँको गुरुड समुदाय र प्रचलित खेप्सी पूजा अन्नपूर्ण संरक्षण अध्ययन, आर्थिक पक्ष ,पर्यटक उद्योगले भित्राएका सकारात्मक र नकारात्मक पक्षहरु, पर्यटक र वातावरणीय परिवर्तन, पुनहिल लगायत अन्नपूर्ण पदमार्गको अध्ययन अनुसन्धान गरेको छ । यसबाट एक्याप क्षेत्रको पर्यटकीय गन्तव्य, यसका सम्भावनाहरुको बारेमा अध्ययन भएको छ ।
- ग) जैविक विविधता तथा पर्यटन २०६८
२०६८÷२०६९ गरिएको अध्ययन अनुसन्धान बागलुड जिल्लाको ढोरपाटन क्षेत्रमा केन्दित रहेको छ । नेपालको एक मात्र सिकार आरक्षण, पर्यटन कृषि, वातावरण, जनजीवन, जडीबुटी, नौथर जातिको अध्ययन अनुसन्धान गरेको छ । त्यहाँको विकास प्रक्रियाको बारेमा अध्ययन अनुसन्धान गरी ढोरपाटनको विकास, पर्यटनका सम्भावना र चुनौतिहरुकोअध्ययन गरिएको यस पुस्तकले विविध सम्भावनाका क्षेत्रहरुलाई पछाउने काम गरेको छ ।
- घ) घलेगाउँ २०६८/२०६९
२०७० सालमा लमजुड जिल्लाको घले गाउँमा अध्ययन अनुसन्धान गरिएको थियो । नेपालको प्रमुख पयैटकीय स्थल जुन घरबास कार्यक्रमले प्रख्यात रहेको छ । त्यो स्थानको अध्ययनमा घलेगाउँँ एक, अध्ययन अनेक, घलेगाउँको जनजीवन,गरिवी निवारणको लागि ग्रामीण पर्यटक घले गाउँ परम्परा र सस्र्कति परम्परा र सस्कति परम्परा जनजीवन आदिको अध्ययन गरिएको छ ।
- ङ) लोपन्मूख वन करिया २०७०
२०७० साल चैतमा सम्पन्न गरिएको नारायणी अचल मकुवानपुर हेटौडा क्षेत्रको स्थलगत अध्ययन अनुसन्धानले त्यहाको लोपोन्मुख वनकरिया जातिको अध्ययनलाई मुख्य जोडिदिएको छ । दामनको साड्ग्रिलको भ्रमण, वनकरिया जातिको सामाजिक, सास्कृतिक, आर्थिक अवस्था, दामन पालुडको कृषि, पर्यटन, सम्भावना र चुनौतिहरु, वनकरिया जातिका महिलाहरुको अवस्था लगायत लैगिक अध्ययन समेत यस सन्दर्भमा गरिएको छ ।
- च) लोपन्मूख लाप्चा २०७१
२०७१ सालमा इलाम दाजिलिडको अध्ययन गरिएको छ । लोपोन्मुख लाप्चा जाति, इलामकोपर्यटन र कृषिलाई आधार मानेर गरिएको अध्ययनमा लाप्चा जातिको जनजीवन, इलामको विकास खम्बा पर्यटन, विविधताको भण्डार इलाम र बागलुडमा रहेका समानता र सम्भावनाहरु, इलामको अन्तगर्त त्यहाँको अकबरे खुर्सानी, ओलन दुध उत्पादन, अलैची, अर्थोडब्स चिया , अर्मिसो, अदुवा , आलु, अतिथि सत्कार आदिको अध्ययन विश्लेषण गरिएको छ । त्यहाको फस्टाउदो किवी खेती लोपोन्मुख लाप्चा जातिको सामाजिक, आर्थिक जनजीवन र अन्य जातिसगको सम्बन्धसगै दाजिलिडको सम्भावनाहरु आदिको गहन अध्ययन गरिएको छ । चारखोलाको नामले चिनिन्।े इलाम जिल्लामा माईखोला, जोगमाई खोला, पुवामाई र देउमाई खोलाहरु रहेका छन् ।
Green City का नामले चिनिने यस जिल्लामा ४१२ वटा प्राकृतिक पोखरी, झर्ना, ताल तलैयाहरु धार्मिक, जैविक स्थल रामसार क्षेत्र रहेका छन् । यहाँ विश्वमै अति लोपोन्मूख एंव दुर्लभ रहेका रेडपान्डा (हाब्रे), कालो भालु, थारका साथै हात्ती, चरिबाघ, ठकठके, कोब्राहाइल, सलमाण्डर अन्य क्षेत्रमा पाइने सम्पूर्ण जनावरहरु पाइन्छन् । यस्तै अति महत्वपूर्ण वनस्पति लौठसल्ला, गुराँस, चाप, चिमाल, साल,अन्य सल्ला लगायतका वनस्पतिहरु पाइन्छन् । इलामको विशेषता भनेको बारीको छेउमा अदुवा रोप्ने र पाखामा अलैची विच भागमा खुर्सानी लगायत अन्य खेतीबाली लगाउनु हो । दैनिक आवश्यक पनर्,े नगदे बाली, डाँडा खोल्सामा लगाउने (अम्रिसो) अम्लिसो जुन कुचा बनाएर सरसफाई गर्न र घाँसका लागि प्रयोग हुन्छ । त्यहाँको जमिन, हावापानी, सरकारी गैरसरकारी संघसंस्था, नेपाल सरकार, चिया विकास निगम, स्थानिय मानिस, यूवा जमात सबैको अथक प्रयासबाट यहाँ (७ अ) (अलैची ,अदुवा ,अम्लिसो, अर्थोडक्स चिया,आलु ,अकबरे खुर्सानी ,ओलन ) लगायतका पर्यटकीय सम्भावनाहरुलाई यर्थाथमा परिणत गरेको पाइन्छ । मूख्यतया नयाँ विषय वस्तुलाई तुरुन्त ग्रहण गर्ने प्रवृत्ति त्यहाँका मानिसमा रहेको छ ।
- छ) मुस्ताङको पहिचान र म्याग्दीको नागी गाउँँ २०७२
यसैगरी विभागको सयोजनमा २०७२ सालमा मुस्ताड र म्यादीको नागी गाउँको स्थलगत अध्ययन अनुसन्धान गरिएको छ । हाम्रो देश नेपाल भौगोलिक विविधता र प्राकृतिक छटाले सिगारिएको छ । नागी गाउँ पर्यटकीय स्थल भएकाले स्थानिय तथा बाह्य पर्यटकहरु आउने, ब्राहिमाईको मन्दिर अर्थात तलाउ भएको कारण पर्यटकहरु भित्रीने गर्दछन् । स्थानीय सा्रेत साधन, पर्यटन, संस्कृति र विविध सम्भावनाको खोजी गर्ने प्रमुख उद्देश्य राखेर गरिएको अनुसन्धानले मुख्यतया मुस्ताड जिल्लाको आर्थिक सम्भावनाहरुको खोजी गरेको छ भने धवलागिरिको संस्कृति भित्र मुस्ताड र नागीको अवस्थाको चित्रण गरिएको छ । त्यहाँको कृषि प्रणाली, नागीको सूचना प्रविधि, जनजीवन, होमस्टे,नागीको सामाजिक, आर्थिक अवस्था, त्यहाँको नर्सरी, नेपाली कागज उद्योग, स्थानीय उत्पादनको बारेमा वृहत अध्ययन गरिएको छ । यसैगरी नागीको मगर समुदाय लैगिक अवस्था , स्थानीय विकासमा महिलाहरुको भूमिका , स्थानीय जडिबुटी र पर्यकीय सम्भावनाका साथै महावीर पुन र नागी गाउँको अध्ययन गरी उनले त्यस गाउँमा र सूचना प्रविधिकोक्षेत्रमा पुयाएको योगदानकोबारेमा अध्ययन गरिएको छ । यसैक्रमका मुतिmनाथ मन्दिर र यसको ऐतिहासिक, सांस्कृतिक पक्षको समेत अध्ययन गरिएको छ ।
ज) भुजुङ लमजुङ २०७३
समाजशास्त्र मानवशास्त्र स्थलगत अध्ययन अनुसन्धान गर्न २०७३ सालको समूह गण्डकी प्रदेश अन्तर्गत लमजुड जिल्लाको भुजुडमा गएको र त्यहाँको ग्रामीण पर्यटन र होमस्टे भुजुड र घले गाउँबीचको अध्ययनगरी त्यहाँका पर्यटकीय सम्भावना र चुनौतिहरु भुजुडको आर्थिक सम्भावनाका क्षेत्रहरु, भुजुडको सामाजिक सास्कृतिक जनजीवन, राजनीतिक अवस्था गुरुडजातिको अध्ययन, वसाइसराइको अवस्था होमस्टेको प्रभाव, कृषि उत्पादन चियाखेती , स्थानीय जडिबुटीहरुको अध्ययन अनुसन्धान गरिएको छ । यस पुस्तकमा अनुसन्धान कसरी गर्ने भन्ने पछिल्ला तरिकाहरु र सोसँग सम्बन्धि बितभकत mभतजयमक कोबारेमा महत्वपूर्ण जानकारी मूलक लेख समिटएको छ भने चिन्तन र चेतनाका दृष्टीले समयकोहुरी उपन्यास कृति समावेश गरी अनुसन्धानमा साहित्य, भाषा, सृजनाको गरिमा र महत्वलाई स्पष्ट झल्काएको छ ।
२०७४ सालको स्थलगत अध्ययन अनुसन्धान गण्डकी प्रदेशको स्याड्जा जिल्लाको सिरुवारी पर्यटकीय क्षेत्रमा सम्पन्न भएको छ । नेपालको पहिलो होमस्टे स्थापना भएको क्षेत्रकोरुपमा परिचित यस क्षेत्रको अध्ययन पछि हामस्टे, स्थानीय पर्यटन, बसाइसराइ, जनजीवन, आर्थिक सम्भावनाहरु, गुरुड जातिको सास्कृतिक जनजीवनको अध्ययन गरिएको छ ।
२०७५ गण्डकी प्रदेश अन्तरर्गत बागलुङ, म्याग्दी र रुकुम जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो । यसको क्षेत्रफल १३२५ वर्ग किलोमिटर रहेको छ । २०४० सालमा स्थापना भइ २०४४ सालमा सरकारी मान्यता प्राप्त गरेको आरक्षले ढोरपाटन क्षेत्रमात्र नभई समग्र बागलुङको पर्यापर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ । यो समुद्र सतहबाट २८५० मिटर देखि ५५०० मिटरको उचाईसम्म फैलिएको छ । यस क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तुहरु नाउर, झारल, हिमचितुवा, चित्तल, थारल, घोरल, भालु, वदेल, लङ्गुर जस्ता लोपउन्मूख बन्यजन्तुहरु पाइन्छन् । त्यस क्षेत्रमा विभिन्न जातजाति, तिब्बती शणार्थीहरुको वसोवास रहेको छ । ढोरपाटन उपत्यकाको ग्रामीण जनजीवन तथा पर्यटन उद्योगको कृषि ढोरपाटन शिकार आरक्ष, संस्कृति, जनजीवन आदिको बारेमा अध्ययन अनुसन्धान गरिएको छ ।
यस बर्ष ११औ स्थलगत अध्ययन अनुसन्धान अन्र्तगत ताराखोला बागलुङको सामाजिक, सांस्कृतिक , आर्थिक जनजीवन र ग्रामीण पर्यटन , कृषि, खानीको र त्यहाँ प्रचलित सोरठी नाचको अध्ययन अनुसन्धान गरिने भएको छ ।
आगामी दिनमा गर्नु पर्ने प्रयासहरु
सयोजक र नेतृत्व लिने सन्दर्भमा छात्रको वाहुल्यता रहेको छ । छात्राहरुलाई सक्रिय बनाएर क्रमश लैगिक समानता बढाउनु पर्ने । छात्रहरुमध्येपनि अधिकाश व्राम्हण क्षेत्रीको पहँुच रहेको हँुदा दलित, जनजाति समूहलाई पनि समान अवसर दिनु पर्ने । उद्देश्य हासिल गर्न र सबै सहभागीहरुको सीप, क्षमतामा अभिवृद्दि गर्न हरेक छात्र र छात्राले लेख लेख्ने सम्पादनमा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने । पुस्तक विमोचन स्थानीय निकाय समाज सवृद्द वुद्दिजीवीवर्गको सहकार्यमा सम्पन्न गरी उपलब्धीहरुको प्रयोग स्थानीय आफ्नो क्षेत्रमा प्रयोग गर्न गराउने तर्फ ध्यान दिनुपर्ने । अनुसन्धान खर्चका लागि वर्षेनि स्थानीय व्यापारी, उधोग , व्यवसायी, प्राध्यापक कर्मचारी, विभिन्न सघ सस्थामा निर्भर हुनुपर्नेभएकोले नियमित स्रोतकोलागि विश्व विद्मालय अनुदान आयोग गसमन्वय गरी व्यस्थापन गरिनुपर्ने । प्रतिवेदन पुस्तकलाई स्थानीय पत्रपत्रिका सञ्चार माध्यम मार्फत जन समक्ष पुन्याउनु पर्ने ।
स्थानीय उत्पादन स्वरोजगार सस्कृतिकोप्रचार प्रसार गर्नेकृषि उत्पादन, स्रोतसाधनको प्रयोग गरी वढी प्रतिफल हासिल गर्ने तर्र्फ आगामी अनुसन्धानले विशेष ध्यान दिनुपर्ने । यस विभागबाट प्रकाशित पुस्तक प्रतिवेदनलाई स्थानीय सरकारसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने तर्फध्यान दिनु पर्ने । अध्ययन अनुसन्धान कार्यजिल्ला वाहिर गर्दा अनुसन्धानको प्रकाशित पुस्तक प्रतिवेदनलाई स्थानीय स्तरमा प्रयोग गर्नकठीन हुने, ध्यान नजाने भएकोले आगामी अध्ययन अनुसन्धान स्थानीय स्तरमा नै गर्नु पर्ने । स्थानीय अध्ययन अनुसन्धानमा जोड दिन सकेमा जनसहभागिता बढ्ने, खर्च कम लाग्ने तर प्रतिफल हासिल गर्नसहज हुनेछ । अध्ययन अनुसन्धानमा यस विषयमा अध्ययनरत सम्पूर्ण विधार्थीहरुलाई अनिवार्य सहभागी गराएर उद्देश्य हासिल गर्नतर्फविशेष ध्यान दिनुपर्ने । लेखन अभ्यासले विद्यार्थीको बौद्धिक, सिर्जनात्मक क्षमताको विकास गराउँछ भन्ने जनचेतना बढाउनु पर्ने ।
विद्यार्थीहरुलाई किताबी ज्ञान र कक्षाकोठामा सिमित राखेर शिक्षण गर्नै परम्परागत शैली र पद्दतिबाट माथि उठेर स्थलगत अवलोकन भ्रमण मार्फत स्थानीय भाषा, कला ,सस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने, अध्ययन अनुसन्धान कार्यमा अगाडि बढाएर लैजानु पर्ने देखिन्छ । आगामी दिनमा सबै तह र क्षेत्रका मानिस, सघसस्था, स्थानीय सरकार आदिको सरसहयोग भएमा अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक बनाएर लैजान सकिने छ । विभागले थोरैजनशतिmबाट यस्ता महत्वपूर्ण र निरन्तर गरिनुपर्ने कक्षा सन्चालनका कामले गर्दा पक्कै पनि चूनौति र समस्या झेल्दै आएको छ । दैनिक स्नातक र स्नातकोतर तहमा गरी एक दर्जन कक्षाको व्यवस्थापन गरी अध्ययन अनुसन्धान कार्यमा जुटनुजटिल भए पनि विभागका प्राध्यापकहरुको परिश्रम, जुजारुपन र मेहनतलेमात्र नभई, क्याम्पस प्रशासक, प्राध्यापक, कर्मचारी, स्ववियू, विद्यार्थी, लगायतका सवृद्द सम्पूर्ण संघसस्था, उद्योगपति, व्यापारी, शुभ चिन्तक सबैकोै अज्रस प्रयास मेहनत र सहयोगले यी काम सम्भव भएका छन । अनुसन्धान कार्य र्खिचलो, समय लाग्ने चुनौति पूर्णकाम हुँदा हुदै पनि सम्पूर्ण सहयोगी निकायले सहयोगले यसलाई सहज, सरल बनाएको छ ।
यी अध्ययन अनुसन्धानले केवल लेख प्रकाशन गर्ने मात्र नगरी सम्वन्धित निकाय र पक्षलाई विकास निमार्णका लागि जगाउँने, विउँझाउने काम पनि गरेको छ । विभिन्न सम्भावना र चुनौति केलाएर असम्भवलाई सम्भव, वेरोजगारलाई रोजगार, अज्ञानतामा ज्ञानका भण्डार र सीपको दायरलाई बढाउने प्रयास गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान र कक्षाकोठामा सिमीत राखेर परम्परागत शैली र पद्दतिबाट शिक्षण गर्न भन्दा माथि उठेर स्थलगत अवलोकन भ्रमण मार्फत स्थानीय भाषा, कला , संस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने अवसर यस विभागले सृजना गराएको छ । अत ः यस्ता अध्ययन अनुसन्धान कार्यमा आगामी दिनमा सबै तह र क्षेत्र, संघसस्था, स्थानीय सरकार आदिको सरसहयोग भएमा र यसको प्रयोग गर्न सम्बधित निकायको चासो पुगेमा अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक बनाउन सकिने छ ।
पन्त धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा कार्यरत हुनुहुन्छ ।