सागर भण्डारी, गुल्मी । नेपाली काँग्रेस छत्रकोट गाउँ कार्य समितिले गाउँपालिकाले एकपक्षीय बजेट पास गरेको भन्दै विरोध जनाएको छ । काँग्रेसले स्पष्ट स्थान नखुलाई अपष्ट शीर्षकमा बजेट विनियोजन गरेको लगायतका अन्य विरोध जनाउँदै आज गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई ज्ञापन पत्र बुझाएको छ ।
काँग्रेसले बजेट बिनियोजन गर्दा एकीकृत नभई मनलाग्दी गरेको , कृषि बर्ष मनाउने घोषणा गरेप िन कार्यक्रम संचालनको स्पष्ट नीति नभएको, गाउँपालिकाका प्रत्येक कार्यक्रम लाई राजनीतिकरण गरेको , विकाशका काममा सर्वपक्षीय हुनुपर्नेमा अन्य दलहरुलाई वायक गरेको लगायतका आरोप लगाएको छ । नेपाली काङ्ग्रेस छत्रकोट सभापती धातानन्द भुसालले गाउँपालिकाले स्थानीयको सरकार भएपनि मनलाग्दी गरेर कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो । कार्यक्रममा बोल्दै छाया सरकार प्रमुख अनन्त पौडेलले अबका दिनमा गाउपालिका नसुध्रीए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेबिसंघका पुर्व केन्द्रीय सदस्य मोति भण्डारीले नेपाली काङ्ग्रेस गाउँपालिकाको समृद्धिका लागि सधै सङ्गै रहेको भएपनि बेतिथि बढ्दै गए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिनुभएको थियो । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले आफ्नो ध्यानाकर्षण भएको भन्दै सुझाबका लागि धन्यवाद दिनुभयो । ज्ञापन पत्र बुझाएपछी कोणसभा समेत गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस छत्रकोट सभापती धातानन्द भुसाल, वार्ड न १ हुगाका सभापती महेश्वर भण्डारी , वार्ड न २ का सभापती नरेन्द्र बहादुर पल्ली वडा न ४ का सभापती जित बहादुर पौडेल लगायत नेपाली काङ्ग्रेस छत्रकोटका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।