बाडिगाड अनलाइन | के तपाईलाई कोरोना नलाग्ने होर र ? बिहिवार बुर्तिबाङमा यस्तै प्ले कार्ड बोकेर बजारका विभिन्न स्थानमा मान्छेलाई चेकजाँच गर्दै हिँडेको देखियो । कोरोना नियन्त्रणका लागि बुर्तिबाङ प्रहरीले फेरी नयाँ जुक्ति निकालेको छ । तपाई केही आवश्यक कामका लागि बुर्तिबाङ झर्दा या बुर्तिबाङ मै हिँड्डुल गर्दा मास्क लगाउनुुहुन्छ ?
ख्याल गर्नुहोस् माक्स नलागाए बुर्तिबाङ प्रहरीको फन्दामा पर्नुहोला नी । ढोरपाटन नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले मास्कको निगरानी बढाउँदै मास्क लगाउने बानीको विकास गर्न तपाईँको मास्क खोई ? अभियान सुरु गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानबाट बुर्तिबाङ आउने सवारी चालक, यात्रु सहित अन्य सर्वसाधारणलाई बुर्तिबाङको प्रहरी टोलीले उक्त अभियान नै चलाएर सचेतना सहित अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।
प्रहरी टोलीले बुर्तिबाङ बजारको विभिन्न चोकमा सर्वसाधारणहरुलाई तपाईंको मास्क खोई लेखिएको प्ले कार्ड हातमा लिएर मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर सोधपुछ गर्दै मास्क लगाउन अनुरोध गरिएको प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । मास्क नलगाएर हिड्नेलाई कारवाही गर्ने मन्त्रीपरिषदको निर्णयलाई मध्यनजर गर्दै तपाईँको मास्क खोई ? अभियान चलाएको भन्दै भणडरीले पहिलो चरणमा सम्झाई बुझाई मात्रै गरेको अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारबाही थालिने जानकारी दिनुभयो ।
मास्क साथमै हुँदा पनि धेरैले मास्क नै नलगाएर हिँडेको पाइएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको प्रहरी निरिक्षक भण्डारीको भनाई छ । प्रहरीको उक्त अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङका सदस्यहरु, स्वास्थ्यकर्मीहरुको पनि सक्रियाता रहेको जनाइएको छ ।