नेपाली काँग्रेस बन्दै विपतको सारथी : गुल्मीका पहिरो पीडितलाई राहत वितरण !

नेपाली काँग्रेस बन्दै विपतको सारथी : गुल्मीका पहिरो पीडितलाई राहत वितरण !

Badigad Online
3 Min Read

विष्णु प्रसाद आचार्य,गुल्मी । नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितिले ईस्माका पहिरो पीडितलाई राहत वितरण गरेको छ । गत असार १८ गते अविरल बर्षाका कारण पहिरो जाँदा प्रभावित भई घरबास गुमाएका तथा जोखिममा परेका गुल्मीको मुसिकोट नगरपालिका र ईस्मा गाउँपालिकाका पहिरो पीडितहरुलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत शुक्रवार पहिलो दिन ईस्मामा राहत वितरण गरिएको सम्पर्क समितिका सल्लाहकार परशुराम घिमिरेले जानकारी दिनुभयो ।

पहिलो दिन इस्मा गाउँपालिकाकोे वडा नं १ हस्तीचौर स्थित जुकेपानी, मल्दी र नयाँ पोखराका ५० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । प्रभावितहरुलाई समिति अन्तर्गतको विपद व्यवस्थापन समितिले उपलब्ध गराएको चामल, दाल, नुन, मस्यौरा, तेल लगायतका दैनिक उपभोग्य सामाग्री र नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मी मार्फत टेन्ट वितरण गरिएको बताईएको छ । उक्त सामाग्री वडा नं १ का वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरिएको समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरालले बताउनुभयो ।

विपदको समयमा समितिले सहानुभुती प्रकट गर्दै थोरै भएपनि प्रभावितहरुलाई सहयोग गर्ने उद्धेश्यले राहत सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । हस्तिचौरमा मानविय क्षति हुने गरी भएको विपत्तिले सिगों जिल्ला नै मर्माहत बनेको भन्दै नेपाली काँग्रेस पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले विस्थापित घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरी स्थापित गर्न तिनै तहका सरकारलाई आग्रह समेत गर्नुभएको थियो । प्रभावित क्षेत्रमा तत्कालै भू–गर्भविद्हरुको टोली लिएर अध्ययन गर्न सरकारसँग काँग्रेसले माग गरेको छ । सम्पर्क समितिले पहिरो प्रभावितहरूलाई राहतका निम्ति गल्मी कांग्रेसका कोषाध्यक्ष हरि केसीको संयोजकत्वमा गठित समितिमार्फत खाद्यान्न पुर्याउने बताईएको छ ।

सो समितिमा स्थानीय रेडक्रस सोसाइटी, सम्बन्धति वडाका वडाध्यक्ष तथा स्थानीय विद्यालयका प्रधानाध्यापक रहेका छन् । सोही समितिलाई सम्पर्क समितिले खाद्यान्न हस्तान्तरण गरेको छ । मौसम सामान्य भएपछि प्रत्येक धरधुरीसम्म विपत व्यवस्थापन समितिले उपलब्ध गराएको खाद्य सामग्री पु¥याउने जिम्मा दिइएको गुल्मी कांग्रेसले जनाएको छ । गुल्मी कांग्रेसको सम्पर्क समितिले प्रत्येक धरधुरीकालागि २५ किलो चामल सहितका अन्य खाद्य सामग्री वितरण गरेको छ । त्यस्तै पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको परिवारलाई सम्पर्क समितिले जनही पाँच पाँच हजारका दरले सहयोग समेत गरेको छ ।

सम्पर्क समितिको राहत वितरणमा सम्पर्क समितिका उपाध्यक्ष कृष्णप्रसाद खरेल, कांग्रेस नेता परशुराम घिमिरे र इश्मा गाउँपालिकाका संयोजक विष्णु केसी सहित कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, गुल्मी कांग्रेसका पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेन, नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार शालिकराम पन्थी, पार्टीका जिल्ला कोषाध्यक्ष हरिबहादुर केसी, क्षेत्रीय सभापति पूर्ण केसी, महासमिति सदस्य महेन्द्र भण्डारी, सन्तोष पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

सम्पर्क समितिको विपत व्यवस्थापन समितिले काठमाडौंमा बस्ने गुल्मीका आपतमा परेका मानिसहरूको सेवा पु¥याउनुका साथै जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतलाई स्वास्थ्य सामग्री यसअघि दिइसकेको छ । समस्यामा परेका गुल्मेलीहरूले समितिलाई भन्नेवित्तिकै उद्धार र राहत प्रदान गर्दै आएको छ । विपत व्यवस्थापन समितिको संयोजकमा कांग्रेस नेता योगराज कँडेल रहनुभएको छ । सम्पर्क समितिले आज शनिवार मुसिकोट नगरपालिकाको वडा नं २ का पहिरो प्रभावितहरुलाई राहत वितरण गर्ने जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित