पाल्पामा प्रभावकारी बन्दै वैकल्पिक शिक्षण पद्धती !

पाल्पामा प्रभावकारी बन्दै वैकल्पिक शिक्षण पद्धती !

Badigad Online
3 Min Read

सुमित्रा कडेंल, पाल्पा । पाल्पामा लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि विभिन्न संस्थाहरुले शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीहरु घरमै बसेको अवस्थामा विद्यार्थीको सिकाईमा सहयोग पुर्याउन रुम टु रिड नेपाल र बेस नेपाल को समन्वयमा पाल्पा लगायत ५ जिल्लामा अभिभावक सहजीकरण तथा बाल रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।

बन्दाबन्दीको बेला साक्षरता सहजकर्ताले टेलिफोन मार्फत अभिभावकहरुलाई बालबालिकाले घरमै बसेर के विषयबस्तु कसरी सिक्न सक्छन् भनेर सहजीरकण गरिदै आएको बेस नेपालका साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेले बताउनुभयो । बालबालिकाहरुलाई घरमै बसी पढ्ने र बिभिन्न क्रियाकलापमा सक्रिय गराउन अभिभावक सहजीकरण र बाल रेडियो कार्यक्रम सञ्चालन गरेको हुन् । विद्यार्थीको क्षमता र सिर्जनशीलताको विकासमा जोड दिन बाल रेडियो कार्यक्रमले महत्वपूर्ण टेवा पुगेको छ ।

रुम टु रिड नेपाल र बेस नेपाल पाल्पाको सहकार्यमा संचालन भइरहेको गुरुकुल कार्यक्रम पाल्पाको सामुदायिक रेडियो मदनपोखराले उत्पादन तथा प्रसारण गरिरहेको छ । साथै यो कार्यक्रम पाल्पाको युनिक एफ एम बाट पनि प्रसारण भइरहेको छ । कोरोना भाइरसका कारण बिद्यालय बन्द हुँदा बालबालिका पढाइ के हुनि हो भन्ने अन्योलमा रहँदा रेडियो मदनपोखराले विभिन्न संघ सस्थाको सहयोगमा एसइइ पाठशाला एक महिना सम्म संचालन गरेको थियो । पछि एसइइ स्थगित भएपछि हाम्रो पाठशाला हालसम्म संचालन गरिरहेको छ । घरमा बसेका बालबालिकालाई सिकाईमा सहयोग गर्नका लागि अभिभावकलाई सक्रिय गराउन सके विद्यार्थीको सिकाईमा राम्रो हुने शारदा माध्यमिक विद्यालयका शिक्षक कृष्ण पाण्डेयले बताउनुभयो ।

प्राथमिक तहका विद्यार्थीलाई उनिहरुको रुची क्षमताका आधारमा चित्र बनाउने, कथा सुनाउने, गीत गाउने, घरमा प्रयोग हुने समानहरुको नाम भन्न, लेख्न लगाउने, जस्ता क्रियाकलापमा अभिभावकले बालबालिकालाई सहजीकरण गर्न बेस नेपालका सहजकर्ता भिष्म नेपालले आग्रह गर्नुभयो । पाल्पामा यो कार्यक्रम लागु भएका ४३ विद्यालयका प्राथमिक तहका अभिभावकलाई सहजीकरण गरिएको नेपालले जानकारी दिनुभयो । साना भाइबहिनीहरुको लागि कुनै पढ्ने माध्यम नहुदा साना बालबालिकालाई लक्षित गरि रुम टु रिड नेपाल र बेस नेपालको सहकार्यमा वैकल्पिक शैक्षिक कार्यक्रम गुरुकुल सञ्चालनमा ल्याएको रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताउनुभयो ।

साना बालबालिकाले अरुले बोलेको कुरा छिटो सिक्ने हुदा छिटो नै बिग्रने हुनाले बालबालिका केही समय भए पनि रचना गर्ने पढ्ने बोल्ने बानिको बिकास गर्न आफ्ना रचना आफै रेडियोमा सुनाउन सक्ने गरि यो कार्यक्रम संचालन गरिएको श्रेष्ठले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित