गिरीजा कुँवर, राजकुट । बाग्लुङको निसीखोलामा बाढीले विद्युत आयोजनाको नहर भत्काउँदा डेढ सय भन्दा बढी उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । बाग्लुङ पश्चिम निसीखोला गाउँपालिकामा सञ्चालित कुतखोला पहिलो लघु जलविद्युत आयोजनाको नहर गत असार २५ र २६ गते आएको बाढी पहिरोले खोला थुनिएर आयोजनाको झण्डै करिब ८० मिटर भत्काईदिए पछि विद्युत सेवा बन्द हुँदा उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
उक्त जलविद्युत आयोजनाबाट करिब १९० घर धुरी लाभान्वित थिए तर अहिले भने १९० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । उक्त पहिरो मण्डलीथान मन्दिरको छेउबाट गएको समितिका सचिव तारा घर्तीले जानकारी दिनुभयो । ठुलो परिमाणमा कुलो भत्किएको र अहिले मर्मत कार्य भईरहेपनि कहिलेसम्म विद्युत सुचारु हुन्छ भन्नेबारे भने अनिश्चित रहेको उहाँले बताउनुभयो ।
Badigad Online