गुल्मी । वर्षाका कारण पहिरो गएपछि बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् ।
सडक पुनः सञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगौँडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो । आजको अर्थबाट
Badigad Online