पहिरो अध्ययनका गर्न भुगर्भविद्को टोली गुल्मी आउँदै !

पहिरो अध्ययनका गर्न भुगर्भविद्को टोली गुल्मी आउँदै !

Badigad Online
2 Min Read

तिलाचन पाण्डे ,गुल्मी । गुल्मीमा पहिरोका कारण जोखिममा रहेका स्थानहरुको स्थलगत अध्ययन गर्नका लागि भुगर्भविद्को टोली आउने भएको छ । पहिरोका कारण जिल्लाको इश्मा गाउँपालिका वडा नं १ , ४ र ६ नं वडाका १ सय ९४ घरपरिवार र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार विस्थापित छन् ।

१८ गते आएको पहिरोका कारण जोखिममा रहेकाले त्यस क्षेत्रमा बस्न योग्य हुने वा नहुने भन्ने बारेको अध्ययनका लागि भूगर्भविद ल्याउनका लागि गृह मन्त्रालयमा माग गरी पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । जोखिममा रहेकाहरुलाई स्थानीय विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । १८ गते आएको पहिरोका कारण ईस्मा मल्दीका १८ महिने बालक सिजन सारु र ७ बर्षकी बालिका अपेक्षा खत्रीको मृत्यु भएको थियो भने घाइते ५ जनाको काठमाण्डौको त्रिबी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो । त्यस्तै सोही दिन आएको पहिरोका कारण मुसिकोट नगरपालिका वडा २ का ५५ बर्षका भागीरथ घिमिरे बेपत्ता भएका छन् । उनी हालसम्म पनि फेला परेका छैनन् । उनको खोजी कार्यका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । गत बर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाको मृत्यु भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित