गल्कोट नगरपालिकाको ५ नं वडा कार्यालयमा स्थानीयको तालाबन्दी !

गल्कोट नगरपालिकाको ५ नं वडा कार्यालयमा स्थानीयको तालाबन्दी !

Badigad Online
1 Min Read

बाग्लुङ । गल्कोट नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले कोरोना नियन्त्रण गर्न तर्फ ध्यान नदिएको र विदेशबाट आएकालाई व्यवस्थापन नगरेको भन्दै तालाबन्दी गरेको हुन् ।

वडा अध्यक्ष लगायत अन्य पदाधिकारीहरु वडाबासीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कोरोना रोकथाम गर्न उदासिन बनेको हुँदा वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय बिपिन श्रीसले बताउनुभयो । वडा कार्यालयले विदेशबाट आएका नागरिकहरुको व्यवस्थापन नगरेको र उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय आक्रोसित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेको श्रीसको भनाई छ । वडा अध्यक्ष नारायणध्वज मल्लले तीन दिन अगाडी एक जना युवति दुवईबाट आएर होम क्वारेन्टिनमा बसेको भन्दै उनीमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयहरु आक्रोसित भएको बताउनुभयो ।

‘३ दिन अगाडी एकजना नानी विदेशबाट आएर बागलुङको धौलागिरी अस्पतालमा स्वाब दिएर एम्बुलेन्समा ल्याएर सुरक्षित होम क्वारेन्टिनमा राखिएको थियो,’ अध्यक्ष मल्लले भन्नुभयो ‘उनी घरमा सुरक्षित रुपमा बसेकी थिइन् र उनीसँग कोही सम्पर्कमा आएको छैन आएको भएर कन्ट्रयाक टेसिकङ मार्फत कोरोना परीक्षण गर्ने छौँ, यहाँका केही युवाहरुले अनावश्यक हल्ला गरेका हुन् ।’ संक्रमित महिलालाई गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटी स्थित नरेठाँटी स्वास्थ्य चौकी प्रि–आइशोलेसनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

आदर्श अनलाईनमा डम्बर बुढा मगरले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित