स्याङ्जा– स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ । कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । बेपत्ताको खोजी जारी रहेको थापाले बताए । यसै बिच भूमी व्यवस्था तथा सहकारी मन्त्री तथा स्याङ्जाबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालले चार जना पुरिएको पुष्टि गर्दै उद्दार तथा उपचारमा खटिन सबैमा अपिल गरेकी छन् । उनले मौसमको खराबीका कारण कारण हेलिकोप्टर पठाउन नसकिएको जनाएकी छन् ।
Badigad Online