सत्यवतिमै हुन थाल्यो अण्डा उत्पादन, महगींको मारमा परेका उपभोक्ता खुसी !

सत्यवतिमै हुन थाल्यो अण्डा उत्पादन, महगींको मारमा परेका उपभोक्ता खुसी !

Badigad Online
2 Min Read

अबिरल बिष्णु गुल्मी । जिल्लाको सत्यवति गाउँपालिकामा ठुलो परिमाणमा अण्डा उत्पादन हुन थालेको छ । गाउँपालिकाको वार्ड न ४ लिम्घा नादेवामा मरहेको भट्टराई पोल्ट्री फर्मले दैनिक ४ हजार ५ सय अण्डा उत्पादन गर्ने गरेको सञ्चालकले बताएका छन् ।

करिब डेढ बर्ष अधि ६० लाख लगानीमा सञ्चालनमा ल्याईएको फर्ममा अहिले ५ हजार ३०० लेयर्स कुखुरा रहेका छन् भने दैनिक ४ हजार ५ सय अण्डा उत्पादन हुने गरेको सञ्चालक मनोज भट्टराईले जानकारी दिनुभयो । वैदेशिक रोगजारीको शिलशिलामा विदेशमा गएर दुइ बर्ष उत्तै व्यतित गरेका भट्टराईले गाउँमा अण्डाको माग भएपनि बजारमा भने भारतकै भर पर्नुपरेको स्थितिलाई मध्यनजर गरेर आफुले फर्म खोल्ने निर्णय गरेको बताउनुभयो ।

अहिले आफुले अण्डा उत्पादन गर्न थालेपछि गाउँपालिका भित्र बाहिरबाट अण्डा आउन छाडेको उहाँको भनाई छ । “बाहिरबाट अण्डा आउन छाडेको छ भट्टराईले भन्नुभयो, हामीले नै सबै बजारमा अण्डा सप्लाई गर्दै आएका छाँै “ अण्डा बिक्री गरेर नै आफुले दैनिक ४५ हजार बराबरको कारोबार गर्दै आएको उहाँले बताउनुभयो ।अण्डा नपाउने, पाए पनि महङ्गो रुपैया तिरेर किन्नु पर्ने समस्या झेल्दै आएका उपभोक्ताहरु पनि सस्तो मुल्यमा गाउँकै अण्डा खान पाएपछि खुसी भएका छन् ।

सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले गाउँपालिकामा अहिले बाहिरबाट अण्डा आउन छाडेको बताउनुभयो । भट्राईले गरेको मेहनत र परिश्रमलाई अरुले पनि अनुसरण गर्न सके पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने परिपाटीको अन्त्य हुने उहाँको भनाई छ । स्वदेशमै केही गर्न चाहाने युवाका लागि कृषिमा गाउँपालिकाले थुपै्र कार्यक्रमहरु अनुदान दिँदै आएको अध्यक्ष ढकालले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित