रामकृस्ण कंडेल,वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिकामा यतिखेर सलहले आतंकनै मच्चाएको छ । नगरपालिकाको वडा न १ मा असार ३१ गते देखि ठुलो संख्यामा किसानहरूको खेत बारीमा सलह प्रवेशगरी बिशेष गरी मकै खेती सखाप पारिदिएको कृषि प्राविधिक सर्बजित ओलीले बताउनुभयो ।
प्राविधिक ओलिका अनुसार वडा नं १ को थामा, रङ्नम, ढाँण र पौंदि अमराईमा असार ३१ गते दाङ हुँदै प्युठान बाट आएको सलह किराले मकै बाली पुरै खाईदिएपछि किसानहरू निकै चिन्तित बनेका छन् । केही दिन पहिले पनि सलह आयो त्यसले त्यति क्षति नगरेको तर असार ३१ गते प्युठानको बाटो भएर आएको सलहले निकै क्षति गरेको स्थानियहरूको भनाई रहेको छ । यो सलह निकै अनिकाल ल्याऊने खालको रहेको स्थानिय हरूको भनाई रहेको छ । कुनै पनि तरिका प्रयोग गरी यस लाई गाँऊबाट लखेट्न नसकिएको कृषकहरुले बताएका छन् ।
Badigad Online