विमल खड्का/जीवन पाण्डे बाग्लुङ । बडिगाड गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ जेठमसान्त सम्मको खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाले सार्वजनिक गरेको विवरणअनुसार २६ करोड ११ लाख ३८ रुपैयाँ खर्च भएको हो । पालिका भित्र भएका योजनाको अनुगमन तथा मुल्यांकन खर्च विवरण र शीर्षक बाहेक (विविध) खर्चको विवरण ३६ लाख बराबरको देखिएको छ । जसमा योजना अनुगमनको २० लाख ३० हजार ९ सय ९७ रहेको छ भने, शीर्षक बिना विविध भनिएकोमा १५ लाख ३१ हजार ६ सय रुपैयाँ खर्च भएको पालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिए । यस्तै, पालिकाले सेवा तथा परार्मशमा १५ लाख ३ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ ।
सवारी मर्मत र इन्धन खर्च १६ लाख
पालिकामा सञ्चालनमा रहेका सवारीहरुको मर्मत सम्भार र इन्धन खर्च १६ लाख बढी भएको छ । सञ्चालनमा रहेका सवारी साधनको मर्मत ९ लाख ६१ हजार ७ सय ५० र कार्यालय र पदाधिकारीको इन्धन खर्च ६ लाख ४८ हजार ९ सय ७७ गरी १६ लाख १० हजार ७ सय २७ खर्च देखिएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्मको खर्च विवरण
कर्मचारी पारिश्रमिक : ६२६०९५३
पारिश्रमिक पदाधिकारी :२६०४०००
पोेसाक :२२००००
स्थानीय भत्ता :१७२०५७
महँगी भत्ता :३३७७९३
अन्य भत्ता :६७९५५९
पदाधिकारी अन्य सुविधा :९९६२५
सञ्चार महसुल :२५५४३८
इन्धन ( पदाधिकारी) :५७६५४१
इन्धन कार्यालय (प्रयोजन) :३९८११
सवारी साधन मर्मत :९६१७५०
बीमा तथा नविकरण खर्च :६९१५९
मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञचालन खर्च :१११३४५
निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च: २००००००
अन्य सम्पत्तिहरुको सञ्चालन तथा सम्भार खर्च: ९९४४०
मसलन्द तथा कार्यालय सामाग्री: १३६४४१६
इन्धन अन्य प्रयोजन: ३२६३२
पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन खर्च : ३३७५७०
सेवा परार्मश खर्च :१५०३१२०
सुचना प्रणाली तथा सफ्टवेयर खर्च : १७३१६५
करार सेवा शुल्क :१९६९८००
कर्मचारी तालिम खर्च :३०००००
कार्यक्रम खर्च :९००००
विविध कार्यक्रम खर्च :७६०००
अनुगमन तथा मुल्यांकन खर्च :२०३०९७७
भ्रमण खर्च :६७५००
विशिष्ट व्यत्तिको भ्रमण खर्च :५१४००
विविध खर्च :१५३१६५७
सभा सञ्चालन खर्च :२३११००
राहत तथा उद्धार खर्च :५६४०००
औधषधि खरिद खर्च :७७४५०
अन्य सामाजिक सहायता :२९५००
घर भाडा :९४०६००
सवारी भाडा :७१८४१७
अन्य भाडा :१५४५००
वडा सञ्चालन र चालु खर्च: १७६३२१०
फर्निचर एण्ड फिक्चर्स : ३४०२२०
Heavy Equipment खरिद : १८६८९०००