रामकृस्ण कंडेल,वामीटक्सार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटीको आयोजनामा मुनपा २ कालिरह स्थित सुरेन्द्र नेपालीको निवासमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । पार्टीको जिल्ला कमिटी सदस्य रहनु भएका सुरेन्द्र नेपालीकी ममतामयी माता बुधी नेपालीको दुःखद निधन प्रती श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नका लागि नगर कमिटीले शोक सभाको आयोजना गरिएको नगर कमिटी सचिव अग्निधर लोहनीले बताउनुभयो ।
शोक सभामा प्रमुख अतिथीको रूपमा शोक मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख सोमनाथ सापकोटाले स्वर्गीय माता बुधी नेपालीको संम्झना गर्दै सम्पुर्ण शोक सन्तप्त परिवार तथा आफन्तजनहरू प्रती धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्नुभएको थियो । स्वर्गीय आमा बुधी नेपाली निकै सरल, सभ्य र ईमान्दार रहेको भन्दै सापकोटाले उहाँको सपना पुरा गर्न परिवारजनसंग अनुरोध गर्नुभयो ।
मन्तव्यको क्रममा प्रमुख अतिथी नगर प्रमुख सापकोटाले जिवनमा आमा बुवा गुमाऊदा हुने पिडाको संस्मरण गर्दै यस बिषम परिस्थितीमा शोकलाई शक्तिमा बदल्नकोलागि सबै परिवारजनहरूसंग आग्रह गर्नुभएको थियो । शोक मन्तब्य राख्दै नगर अध्यक्ष खुमबहादुर थापाले स्वर्गीय वुधी नेपालीको परिवारले नेपालको बामपन्थी आन्दोलनमा निभाएको भुमिकाको प्रसंसा गर्दै बाँचेकाहरूले उहाँको सपना पुरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभिभावक गुमाएको दुखको क्षणमा आफ्ना मित्रको निवासमा पुगी सहानुभुती प्रकट गर्ने उद्धेश्यका साथ आफु कार्यक्रममा सहभागी भएको मुनपाका आर्थीक संयोजक प्रकाश काफ्लेले बताऊनुभयो ।
शोक सभामा नेकपाका नेता,कार्यकर्ता,जनप्रतिधीहरू लगायत स्वर्गीय बुधी नेपालीका आफन्तहरूको बाक्लो उपस्थिती रहेको थियो । स्वर्गीय बुधी नेपालीका हाल चार छोराहरू रहनु भएको छ । स्व. नेपालीको यहि असार २६ गते ७७ बर्षको उमेरमा दुखद निधन भएको थियो । शोकसभामा नगरप्रमुख शोमनाथ सापकोटाको प्रमुख आतिथ्यता,नगर अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता, नगरसचिब अग्निधर लोहनी,सचिवालय सदस्यहरू प्रकाश काफ्ले, रामकृस्ण कंडेल, लक्ष्मण खत्री, भुपेन्द्र रायमाझी लगायतकोको विशेष उपस्थिती रहेको थियो । साथै नगर कमिटी सदस्य बुद्धिबल चालिसेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।