बडिगाड ७ वडा कार्यालयले चिउरीको बिजौरा प्रतिकिलो ३० मा खरिद गर्ने !

बडिगाड ७ वडा कार्यालयले चिउरीको बिजौरा प्रतिकिलो ३० मा खरिद गर्ने !

Badigad Online
2 Min Read

बडिगाड अनलाइन । बडिगाड गाउँपालिका वडा नं ७ को आर्थिक वर्ष ०७७/०७८ को पहिलो बैठक सम्पन्न भएको छ । अघिल्लो आर्थिक वर्षमा भएका कार्यहरुको समिक्षा एवम् भावि कार्यक्रमहरुको कार्यान्वयनको विषयमा छलफल गर्न बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको वडाध्यक्ष कृष्ण प्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकले चिउरीको उत्पादनलाई व्यवसायिक बनाउन वडा कार्यालयले बिजौला खरिद गर्ने निर्णय गरेको छ । वडा नं ७ भित्र यो समयमा चिउरिको बिजौला टिप्ने समय भएको तर आम समुदायले सदुपयोग नगरि खेर फाल्ने गरेकोले यो सिजनको चिउरिको बिजौला समुदायलाई संकलन गर्न लगाई प्रती के.जी. रु.३० मा वडा कार्यालयले सर्वसाधारणहरुसगं खरिद गर्ने निर्णय गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

हर्बल सावुन उत्पादनमा उपयुक्त मानिएको चिउरी यत्र तत्र रहेकाले स्थानीयहरुलाई उक्त चिउरी सकंलन गर्न लगाई वडा कार्यालयले खरिद गर्ने उहाँको भनाई छ । खेर गएको चिउरीको सदुपयोग पनि हुने र आर्थिक उपार्जनमा पनि मद्धत पुग्ने विश्वास वडा कार्यालयले लिएको छ । यसरी खरिद गरिएको चिउरी हर्वल साबुन कम्पनीसंग सम्झौत्ता गरि बिक्री गर्ने वडा अध्यक्ष गुरुङको भनाई छ । बैठकमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको नाम नविकरण तथा आ.ब.०७६/०७७ को समेत समीक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

बैठकको अन्त्यमा अध्यक्ष गुरुङले आ.ब.०७६/०७७ मा वडा.न.७ को कुनै पनि आयोजना फ्रीज नभई काम पूर्णरूपमा सम्पन्न भएको भन्दै आयोजनाको काम सम्पन्न बनाउनका लागि खटिने सम्पूर्ण आयोजनाका उपभोक्ता समिति, सहजिकरण गर्ने जनप्रतिनिधि तथा कर्मचारी र वडामा क्रियाशिल राजनितिक दल तथा अन्य सहयोगी महानुभावहरुलाई विशेष धन्यवाद दिनुभएको थियोे । साथै उहाँले हिँजोको साथ र सहयोग आगामी आर्थिक वर्षमा पनि रहने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित