गुल्मीका दुई विद्यालय नमुना विद्यालयको रुपमा छनौट !

गुल्मीका दुई विद्यालय नमुना विद्यालयको रुपमा छनौट !

Badigad Online
2 Min Read

मनोज कार्की ,गुल्मी । गुल्मी जिल्लामा दुई विद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएका छन् । मालिका गाउँपालिका वडा नं ८ सिमलटारीको मालिका माध्यमिक विद्यालय र छत्रकोट गाउँपालिका वडा नं ५ मानकोटको आत्मबोध माबि नमुना बिद्यालयमा छनोट बन्न सफल भएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मालिका माध्यमिक र आत्मबोध माबि विद्यालयलाई नमुना विद्यालयको रूपमा छनोट गरेको हो । नमुना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या,एसइइको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा ( १ सय पूर्णांङ्क ) मुल्यांकनको आधारमा नमुना विद्यालय छनोट भएको विद्यालयले जनाएका छन् । नमुना बिद्यालय बनाउनको लागि पहल गर्नुहुने सम्पुर्णमा बिद्यालयले धन्यबाद दिएका छन् ।

आत्मबोध माध्यमिक विद्यालयले गत वर्ष व्यवसायिक तथा प्राविधिक धार अनुसार सिभिल इन्जिनियरको लागि अनुमति पाएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । हाल विद्यालयमा ३० जना विद्याथीहरुले पठनपाठन गर्दै आएका छन् । गाउँ छोडि पढ्नको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । गाउँकै आत्मबोधमा बिमा सिभिल इन्जिनियर पढाई हुदाँ अभिभावकहरु पनि खुसी भएका छन् । केही समय अगाडि मालिका माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि पनि अनुमति पाएको थियो ।

मालिका माध्यमिक विद्यालयले आवश्यक मापदण्ड पुरा गरेको हुनाले नमुना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य हेमराज पौडेलले बताउनुभयो । प्राबिधिक शिक्षा संचालनका लागि मालिका माविले गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सब संचालन गरेको थियो । यसै बर्षदेखि विद्यालयले बालि विज्ञापन विषयको पठनपाठन गराउने मालिका माबिले जानकारी दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित