जनउत्तरदायी बन्दै चिदीपानीको माथागढी बहुउद्देश्यीय सहकारी !

जनउत्तरदायी बन्दै चिदीपानीको माथागढी बहुउद्देश्यीय सहकारी !

Badigad Online
1 Min Read

सुमित्रा कडेंल, पाल्पा । माथागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड माथागढी १ चिदीपानी पाल्पाले बिरुवा वितरण गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यहरु तथा समुदायको आर्थिक स्तर वृद्धि र वातावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फलफुल तथा अन्य बिरुवा बितरण गरिएको सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो।

कागती, आँप,कटहर,दालचिनी,बडहर,राइखनिया,कुरिलो,अङ्गुर,बकाइनो,टिमुर जातका फलफूल,घासपात तथा अन्य जातका बिरुवाहरु निशुल्क वितरण गरिएको पन्थीको भनाइ छ । करिब १० हजार बिरुवा चिदिपानी, हुमिन, रुप्से, कसेनि र झडेवा क्षेत्रमा वितरण गरिएको सस्थाका सचिव विजयदिप पन्थीले बताउनुभयो । जसले कागती आप टिमुरमा तिन देखी पाँच बर्ष भित्र प्रतिफल दिने सदस्यहरुको आर्थिक स्तरमा समेत सहयोग पुर्याउने उहाँको भनाइ छ ।

सहकारिको अभियानमा समुदाय स्तरबाट सहयोग भएको राज्यको लगानी र सहकारीको साथलाइ सबैले सदुपयोग गर्दै थप आर्थिक सामाजिक बिकासमा लाग्नका लागी सहकारीको सदस्यता लिइ सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका ब्यवस्थापक ईस्वरी तिवारीले आग्रह गर्नुभयो ।  माथागढी बहुउद्देश्यीय सहकारी सस्थाले कृषि उपज सङ्कलन,बिरुवा बितरण सरकारका अन्य अनुदान कार्यक्रममा समन्वय,कृषि तथा पशुपालन क्षेत्रमा गरेको तत्परताले नमुना पेस गर्दै समुदायलाइ उत्साहित बनाएको स्थानीय जमुना थापाको भनाइ छ । बिरुवा अनुदान सहयोग प्रदेश ५ सरकार डिभिजन बन कार्यालय पाल्पा र भु तथा जलाधार कार्यालय पाल्पा बाट सहयोग प्राप्त भएको सहकारीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित