सुमित्रा कडेंल,पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटबल पाल्पा सडक पुन : अवरुद्ध बनेको छ । तानसेन नगरपालिका ८ गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । दोभानको पहिरो हटाएपछि सुचारु बनेको सडक पुन गौडे पुल नजिकै पहिरो जाँदा अवरुद्ध बनेको हो ।
ढुङ्गा सहितको लेदो झरिरहेकाले पहिरो हटाउन केही कठिनाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरिले जानकारी दिनुभयो । पहिरो झर्न नरोकिएको र रोकियो भने त्यसको २ घन्टा भित्र बाटो खुल्न सक्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा उक्त राजमार्ग भएर चल्ने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
Badigad Online