अबिरल बिष्णु गुल्मी । श्रावण १ गते अर्थात कर्कट सन्क्रान्तीको दिन लुतो फाल्ने प्रचलन रहेको छ । असार भर खेतबारीमा काम गर्दा र विशेष गरी हिलोको कारण फैनिक सक्ने छालाको रोग बाट मुक्ति पाउन परम्परा अनुसार लुतो फाल्ने प्रचलन रहेको छ ।तर पछिल्लो समय भने यो परम्परा विस्तारै हराउँदै जान थालेको छ ।
लुतो सगैं बहुउपयोगी जडिबुटीहरु भलायो, कुरिलो,लामपाते,रातपाते,पानीसरो,जस्ता औषधीजन्य गुण बोकेका बनस्पति तथा फलफूल सहित कण्डारक नामक राक्षसको पुजा गरी घर को चारैतिर बलिरहेको अगुल्टो फ्याक्ने प्रचलन रहेको छ । तर बिडम्बना यि प्रचलन बिस्तारै हराउँदै जान थालेको छ । सहरबाट लगभग विस्थापित भइसकेको साउने संक्रान्तिको महिमा पहाडी जिल्लामा समेत बिर्सिन थालिएको छ ।
न त अचेल कतै लुतो फाल्ने गरिन्छ भने न त कसैले राक्षस को पुजा नै गर्ने गर्दछन् । यस्तो अवस्था यसरी नै अघि बढ्यो भने पुरानो सस्कृती लोप हुने पाका पुस्ताहरु बताउँछन् । जति बिकास ले तिब्रता लिएको छ, जति समय ले फड्को मार्दै छ त्यति नै हाम्रो सस्कृती पनि मानव समाजले भुल्दै गईरहेको छ । पुरातन यस्ता सस्ँकृतीलाई जोगाई राख्न उनीहरुको सुझाव छ ।