बडिगाड सहित पश्चिम बागलुङमा खेतीपातीमा पस्यो सलहको झुण्ड !

बडिगाड सहित पश्चिम बागलुङमा खेतीपातीमा पस्यो सलहको झुण्ड !

Badigad Online
1 Min Read

बागलुङ । बालीनाशक सलहको झुण्ड बागलुङको बुर्तिबाङ क्षेत्रमा प्रबेश गरेको छ । ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका बालीमा सलहको झुण्ड देखा परेको हो । बुधबार बिहान आकाशमा देखिएको सलह साँझसम्म किसानको खेतबारीमा देखापरेको स्थानीयले बताएका छन् ।

केही दिन पहिल्यै आएको सलहको सानो झुण्डले खेतबारी नछोडेको र थप सलहको झुण्ड आउँदा किसान आतंकित भएको तमानखोलाका स्थानीय जितेन्द्र बुढा मगरले बताए । ‘कसरी धपाउने भन्ने नै थाहा छैन’ मगरले भने ‘कहाँ जाने र कोसँग गुहार माग्ने थाहै भएन ।’ खेतबारीमा बसेको सलहको झुण्डले बालीनाली नष्ट गर्न थालेसगैँ किसान चिन्तित बनेको ढोरपाटन नगरपालिका वडा नं. ३ का स्थानीय देउपती सापकोटाले बताए ।

ढोरपाटन नगरपालिका वडा नं. १ को भब्रेटा आसपास, वडा नम्बर २ को रिनाम भ्यालखर्क, कुतथाप्पा, खल्बाङ, वडा नम्बर ३ को बिस्मोर, पुरर्कोट, घोसा, सामा, कालापोल लगाएतका क्षेत्रका कृषकहरुलाई यतिबेला आफ्नो बाली जोगाउन हम्मे–हम्मे परिरहेको सापकोटाले बताए । निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका बिभिन्न वडाहरुमा पनि सलह देखिएकाले किसानले धुँवा लगाउने, भाँडाकुँडा बजाउने, कराउने, ताली बजाउनेलगायत बिभिन्न बिधि अपनाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित