प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा रहेका नेपालीमाथि ज्यादत्ति !

प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा रहेका नेपालीमाथि ज्यादत्ति !

Badigad Online
1 Min Read

काठमाडौं । राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको असर भारतमा रहेका नेपालीमा पर्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा रहेका नेपालीमाथि ज्यादत्ति गर्न थालिएको छ । विश्व हिन्दू सेनाले हिजो वनारसमा एक जना नेपालीको जबरजस्ती मुण्डन गराइदिएका छन् ।

मुण्डन गरिएको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि उनीहरुले प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गर्न लगाएर भिडियो खिचेको भारतीय संचार माध्यमले जनाएका छन् । पीडित नेपालीको परिचय भने खुलाइएको छैन। हिन्दू सेनाले बनारसमा रहेका नेपालीलाई अब राम्रो नहुने धम्की दिएका छन । बिहीबार बिहान बनारसको एक मन्दिरमा हिन्दू सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने धम्की समेत संघले दिएको छ । नेपालीमाथि अभद्र व्यवहार भएपछि उत्तर प्रदेश सरकारले घटनामा संलग्नको खोजी थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अति हिन्दूवादी भारतीय जनता पार्टीको शासन छ । CP : Himalaya Television

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित