तुलसिहं सिर्पाली बाग्लुङ । सामुदायिक रेडियो ढोरपाटनले ढोरपाटन नगरपालिका कार्यालयको खातामा रु २० हजार रुपैयाँ जम्मा गरेको छ । नगरपालिकाको दैवि प्रकोप कोषमा प्रयोग गर्ने गरी नगरप्रमुख देवकुमार नेपालीलाई रु २० हजार रुपैयाँ नगद जम्मा गरेको भौचर हस्तान्तण गरिएको हो ।
समाज रुपान्तरणको सम्बाहकको रुपमा २०६७ सालमा स्थापना भएको पश्चिम क्षेत्रको पहिलो रेडियोको रुपमा स्थापित सामुायिक रेडियो ढोरपाटनले विज्ञापन दाता, तथा विभिन्न सँघसँस्थाबाट प्रायोजित कार्यक्रम प्रसारण मार्फत सँकलन भएको रकमबाट नगरपालिकालाई सहयोग गरेको हो । सामुदायिक रेडियो नाफामुखि नभई जनताको समस्या मुखि र समाजरुपान्तरणको सम्बाहक बन्नुपर्ने अभिप्राय स्वरुप अगाडी बढ्दै आइरहको सन्दर्भमा रेडियोले विभिन्न समयमा समस्यामा परेका व्याक्ति , सघंसस्था तथा पालिकाको प्रकोप कोषमा समेत सहयोग पुर्याउँदै आइरहेको छ ।
शुक्रबार समेत नगरपालिकाको बुर्तिबाङ स्थित नेपाल बैँकमा रहेको खाता नम्बर १२१०३०००००४००१०००००१ मा रु २० हजार रुपैयाँ जम्मा गर्दे रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डे र कर्मचारी तुलसिहं सिर्पालीद्धारा रकम जम्मा गरीएको रसिद नगरप्रमुख नेपालीलाई हस्तान्त्रण गर्दे रकम सहि ठाउँमा प्रयोग गर्न समेत सुझाब दिनुभयो ।
स्मरणिय छ बिहिबार ई बागलुङ अनलाईनमा प्रकाशित समाचार अनुसार नगरपालिकाले मनोमानी ढगंले मिडियलाई रकम दिएको र बुर्तिबाङबाट प्रशारित तिनवटा रेडियो मध्ये अन्य दुईवटा रेडियोलाई समान १ लाख ५० हजारका दरले र सामुदायिक रेडियो ढोरपाटनलाई जम्मा १० हजार दिइको भन्ने विषयमा समेत रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डेले आफनो संस्थाले नगरपालिका कार्यालय र नगरप्रमुख नेपालीले गरेको बिवेद पूर्ण र गैर जिम्मेवार व्यवहारले नगरप्रमुखको अहमानपनता भएको स्पष्ट पार्नुभएको छ ।
नगरपालिकाले गरेका हरेक राम्रा नराम्रा गतिविधि सँगै पालिका, वडाका सुचना एवम विभिन्न समयमा प्रसारण गरीएका सुचना, नगर प्रमुखका सम्बोधन लगाएत कार्यक्रम प्रसारण र एसईई टियुसन कक्षा समेत नियमित प्रसारण गरीराखेको अवस्थामा पटक पटक भुक्तानी लिन जाँदा समेत रकम नदिएको र अन्तिममा १० हजार मात्र लैजाने भए दिने अन्यथा सोहि रकम समेत नदिने नगप्रमुखबाट आएको भन्दै प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले आफुले विल अनुसारको रकम दिन नसक्ने बताएका थिए । रेडियोले प्रमुख प्रशासकिय अधिकृत पोखरल सँग समन्वय गरी २०७६ दशै, तिहार छठ र नयाँ बर्ष शन २०२० को पालिका तथा वडाको गरी जम्मा १५ हजारको विल नगरपालिकालाई बुझाएको थियो ।
त्यसैगरी २०७७ सालको पालिका तथा वडाको तर्फदेखि शुभकामना १ महिना, कोभिड १९ सम्बन्धि चेतनामुलक सुचना ३ महिना सामाजिक सुुरक्षा भत्ता वितरण वापतको सुचना प्रसारण गरेको थियो त्यसैगरी एक महिना सम्म दैनिक ४ घण्टा एसईई कक्षा समेत चल्दै गर्दा आफुहरुलाई अपमानित तवरले विल अनुसारको समेत भुक्तान नगरी जम्मा १० हजार रकम उपलब्ध गराइएका कारण सोहि १० हजार रुपैयाँमा रेडियोको तर्फदेखि १० हजार थप गरी २० हजार रुपैयाँ नगरपालिकालाई हस्तान्तरण गरीएको म्यानेजर पाण्डेले बताउनुभयो ।