दिनेश घिमिरे, बुटवल। पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो झरेपछि शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको हो। पहिरोलेमा परि एउटा ट्रक पनि पुरिएको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।
तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो । बुटवलबाट स्याङ्जा जाँदै गरेको लु २ ख ११७५ नम्बरको ट्रकलाई शुक्रबार साढे १० बजेतिर पहिरोले पुरिएको हो। मानवीय क्षेती भने भएको छैन। त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।
Badigad Online