सुमित्रा कंडेल, पाल्पा – सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन नगरपालिका ८ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सुचारु भएको छ । बिहीबार बेलुका पहिरो खसेको सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेर एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माथी बाट खसेको पहिरो पन्छाइएपछि एकतर्फी रूपमा सवारी साधन संचालन भएको प्रहरी चौकी प्रभासका प्रमुख एक्का बहादुर नेपालीले जानकारी दिनुभयो । पहिरो झर्ने क्रम नरोकिएको हुँदा यात्रा गर्न भने जोखिम रहेको छ।माथिल्लो भागबाट अझै पहिरो झर्नसक्ने जोखिम रहेको हुदाँ दुइतर्फी सडक सुचारु गर्न नसकिएको प्रहरी कार्यालयले जनाएको छ । सडक सुचारु भएसंगै बाटोमा अलपत्र परेका यात्रु गन्तव्यमा लागेका छन ।
Badigad Online