मालपोत कार्यालय बुर्तिबाङद्धारा आर्थिक बर्ष २०७६ / ७७ मा १ करोड ६६ लाख ४ सय ८ रुपैयाँ राजश्व सँकलन

मालपोत कार्यालय बुर्तिबाङद्धारा आर्थिक बर्ष २०७६ / ७७ मा १ करोड ६६ लाख ४ सय ८ रुपैयाँ राजश्व सँकलन

Badigad Online
2 Min Read

छविलाल पाण्डे, बुर्तिवाङ – मालपोत कार्यालय बुर्तिबाङले आर्थिक बर्ष २०७६ /७७ मा १ करोड ६६ लाख ४ सय ८ रुपैयाँ राजश्व सँकलन सँकलन गरेको छ । गतबर्ष २५ सय बढि लिति भएकोमा यसबर्ष १४ सय ११ वटा मात्रै लिखित भएका कारण गतबर्षको तुलनामा राजश्व कम सँकलन भएको हो । ३ महिनासम्म भएको लकडाउनकाकारण घरजग्गा कारोबार गर्नेह?को सँख्यामा कमि आएसँगै राजश्व सँकलनमा कमि आएको बुर्तिबाङ मालपोत कार्यालय प्रमुख सुर्य प्रसाद सर्माले बताउनु भयो ।

उक्त सँकलित राजश्वबाट ६० प्रतिशत सम्बन्धित गाउँ÷ नगर सँचित कोषमा र ४० प्रतिशत प्रदेश सँचित कोषमा जम्मा भएको छ । त्यसैगरी पुँजिगत लाभकर डण्ड जरीवाना मार्फत सँकलन भएको रकम सँघिय सरकारको सँचित कोषमा जम्मा भएको हो । सँकलीत राजश्वबाट ढोरपाटन नगरपालिकामा २८ लाख ३६ हजार १ सय ४६ रुपैयाँ ६० पैसा र नगरकोषमा कोरोबारको शुन्य दशमलक ५ प्रतिशतका दरले ७ लाख २३ हजार ८ सय ६१ रुपैयाँ गरी कुल ३५ लाख ६० हजार ६ ?पैयाँ ६० पैसा जम्मा भएको छ ।

निसीखोला गाउँपालिकामा ८ लाख ९० हजार ४ सय २२ ?पैयाँ २० पैसा, वडिगाड गाउँपालिकामा ६ लाख १२ हजार ४ सय ५५ ?पैयाँ ४० पैसा जम्मा भएको छ । त्यसैतै तमानखोला गाउँपालिकाबाट जम्मा ६७ हजार ७ सय ४ ?पैयाँ मात्र जम्मा भएको हो । गण्डकि प्रदेशमा २९ लाख ३७ हजार ८ सय १८ ?पैयाँ ८० पैसा र सँघिय सरकारका लागि १९ लाख ३४ हजार ५ सय ?पैयाँ जम्मा भएको छ ।

नागरीकले मालपोत कार्यालय मार्फत हुने कारोबार मार्फत तिनुपर्ने राजश्व मध्ये गाउँपालिकाको २ प्रतिशत र नगरपालिकाको ४ प्रतिशत राजश्व लिइने गरेको हो । त्यस्तै नगरपालिकाकाको नगरविकास कोषमा थप ५ प्रतिशत थप कोष जम्मा हुने गरेको बुर्तिबाङ मालपोत कार्यालयका प्रमुख सुर्य प्रसाद सर्माले बताउनु भयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित