गुल्मीको सत्यवती गाउँपालिका भित्रका सबै बिधालयका किशोरीलाइ निशुल्क सेनेटरी प्याड

गुल्मीको सत्यवती गाउँपालिका भित्रका सबै बिधालयका किशोरीलाइ निशुल्क सेनेटरी प्याड

Badigad Online
1 Min Read

अविरल बिष्णु, गुल्मी सत्यवती गाउपालिकाले पालिका भित्र रहेका सबै बिधालयका कक्षा ६-१२ सम्मका किशोरीलाइ निशुल्क सेनेटरी प्याड बितरण गर्ने भएको छ। किशोरीको स्वास्थ्य अवस्थालाइ बिषेश ध्यानमा राख्दै ,समिती गठन गरि सेनेटरी प्याड बितरण लागेको सत्यवती गाउपलिकाका शिक्षा अधिकृत रोशन घिमिरे ले बताउनु भएको छ।

‘किशोरीको स्वास्थ्यलाई मध्यनजर गर्दै, भोली हुन सक्ने घटनाबाट बचाउन पालिकाले यस्तो कदम चालेको हो । यस अघि किशोरीले प्याडको सम्बन्धमा धेरै समस्या झेलेको हुँदा यस्तो समस्या पुन नहोस भन्ने लक्ष्यका साथ प्याड बितरण गर्न लागेको हो।’ उहाँले बताउनुभयो ।

केन्द्रिय सरकारको अनुदानमा चालिएको यो कदममा बिभिन्न पदावधिका समिति गठन गरीने भएको छ । जसअन्तर्गत सोहि बिधालयका प्रधानध्यापक संयाेजक, स्वास्थ्य तथा सामाजिक शिक्षक १ जना सदस्य ,किशोरी छात्रा प्रतिनिधि २ जना सदस्य ,महिला शिक्षक १ जना सदस्य लागाएतका समिती गठन गरि प्याड बितरण गर्न लागेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित