चेलीबेटीको बेदना बोल्ने तीज गीत ठुल्दिदी !

चेलीबेटीको बेदना बोल्ने तीज गीत ठुल्दिदी !

Badigad Online
1 Min Read

महेन्द्र कौशल,गुल्मी । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गएको छ । यसैक्रममा लोकदोहोरी क्षेत्रमा क्रियाशिल कलाकारहरुको एकपछि अर्को गर्दै तीज गीतहरु बजारमा आउन थालेका छन् । यसैबीच अत्यन्तै आशा अनि भरोसा बोकेका कलाकार नन्दु परियारले सम्पुर्ण नेपाली दिदि बहिनीको मर्म बोकेको तीज गीत सार्बजनिक गर्नुभएको छ ।

गुल्मी जिल्लाको रुरु गाउँपालिका दौँगामा जन्मनु भएका गायक तथा सर्जक नन्दु परियार लामो समय देखि लोकदोहोरीको क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ । २०७७ सालको नविन्तम (ठुल्दिदी) तीज कोसेलीमा लोक दोहोरीका अत्यन्तै लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीले उत्कृष्ट शब्द सृजनामा शिलु भट्टराई र नन्दु परियारको स्वर रहेको छ । आर्टिष्ट म्युजिक युटुब च्यानलबाट बजारमा आएको नन्दु परियारको तीज कोसेली (ठुल्दिदि) एल्बममा स्वयम् नन्दु परियारकै लय सृजना गर्नु भएको छ । भने निर्देशन र सम्पादन बिष्णु भट्टराईले गर्नु भएको छ ।

अत्यन्तै आशा लाग्दो र समाजको यथार्थ बोकेको गीतमा अभिनय शिलु भट्टराई लगाएत गणेश सापकोटा, सुमन पौडेल, दिपा बेल्बाँसे, सुनिता पोखरेल, एन्जिला भट्टराई,अनिश कंडेल, रिता गैरे, प्रीन्सी सापकोटा, कृष्ण बेल्बासेको रहेको छ । यस पालिको गीतमा अत्यन्तै नाच्न गाउने हिन्दु नेपाली दिदि बहिनीको मर्म र स्पर्शलाई केन्द्रित रहेर सृजना गरेको ठुल्दिदि एल्बमलाई नन्दु परियारले सबै नेपाली नागरिकले माया अनि शेयर गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित