दिनेश घिमिरे, बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ सित्तलनगरमा रहेको क्वारेन्टाइनको सुरक्षामा खटिएका युवाले आ`त्मह`त्या प्रयास गरेका छन ।नगरपालिकाले सन्चालन गरेको क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका वडा नं ५ मितेरी टोलका बिपिन बस्यालले बिहान पख क्वारेन्टाइन बाहिरपट्टी आफ्नो शरिरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
ती युवाले मट्टीतेल खन्याएर आगो लगाउदै गर्दा देखेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगोले जलेर ग*म्भीर अवस्थामा रहेका उनको देवदह मेडिकल कलेजमा उपचार भई रहेको देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो । उनको अवस्था ग*म्भीर भएकोले उनले के कति कारणले आगो लगाए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Badigad Online