कार्टुन बक्समा फेला परेकी बच्चाकी आमा भेटिइन् !

कार्टुन बक्समा फेला परेकी बच्चाकी आमा भेटिइन् !

Badigad Online
2 Min Read

काठमाडौँ । कपनस्थित आकाशेधाराको चौरको छेउमा सोमबार साँझ ६ एउटा कार्टुनको बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा भेटिएको विषयमा नयाँ मोड आएको छ । सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछि भाइरल बनेको यो विषयमा बच्चाकी आमा भेटिएकी छन् ।

बच्चाकी आमाले अलपत्र छोडेको भनिएकी ती बच्चीकी आमा सम्पर्कमा आएसँगै उनले बाल गृह संचालक पुष्पा अधिकारीसँग मिलेर नै यस्तो नाटक गरेको आशंका गरिएको छ । हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएपनि घटनाको प्रकृति र पछिल्लो विवरण हेर्दा बच्चाकी आमा र बाल गृहकी संचालक पुष्पा अधिकारीसँग मिलेर यस्तो नाटक गरेको विषयमा नै प्रहरीले छानबिन अगाडी बढाएको बताएको छ ।

यसरी भेटिएको सो बच्चालाई बाल गृहकी संचालक पुष्पाले आफुले संरक्षण दिने भन्दै आफैंसँग राखेकी थिइन् भने बच्चाको नाम समेत प्राप्तिका अधिकारी राखेकी थिइन् । अन्य १६ जना बालबालिकालाई बाल गृहमा राखेकी अधिकारीमाथि यी बालिकालाई राख्छु भन्दा कसैले आशंका गरेनन् तर प्रहरीले भने बच्चाको बारेमा अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानबाट विदेशबाट आएकी एक जना महिलाले जन्माएकी ती शिशु उनैले बक्सामा हालेर झाडीमा राखेको खुलासा भएको छ । प्रहरीले विदेशबाट आएकी आमाले बच्चा लुकाउन खोज्दा यस्तो घटना भएको ठहर गरेको छ ।

प्रहरीले ती आमाको पहिचान र कुन देशबाट कहिले आएको हो भन्ने नखुलाएपनि अझै अनुसन्धान जारी रहेकाले अनुसन्धान सकिएपछि विस्तृत विवरण सार्बजनिक गर्ने बताएको छ । एक टेलिभिजनसँगको कुराकानीमा क्रममा भने बल गृह संचालक अधिकारीले आमालाई बचाउन ती बालिकालाई आफ्नो संरक्षणमा राखेको बताएकी छिन् । उनले आफु एक महिला हुनुको नाताले उनलाई बचाउन यस्तो गरेको बताएकी छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित