गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग अन्र्तगत गुल्मीमा यो कार्यालय स्थापना भएको करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालय मार्फत कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन,व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्नेलगायतका सेवाहरु यस कार्यालयमार्फत सुरु भएको सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत विनोदकुमार माझीले जानकारी दिनुभयो । पाल्पामा हुने कर सम्बन्धि सम्पूर्ण काम यस कार्यालयबाट नै हुने कार्यालयले जनाएको छ ।
कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र सहज बनाउने उद्देश्यले गुल्मीमा करदाता सेवा कार्यालय खुलेको हो । अब जिल्लाभित्रका सेवाग्राहीलाई सहज हुने छ । अबदेखि आयव्यय विवरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजीलगायतका कर सम्बन्धि कार्यका लागि पाल्पाको तानसेन जानुपर्ने बाध्यता हटेको छ । गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना हुनाले सिङ्गो गुल्मेलीहरुमा खुसी थपिएको र व्यवसायीलाई सहज हुनाले मनोबल बढेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । तिर्ने राजस्व भन्दा जाँदा आउँदाको भाडा बढी लाग्नाले गुल्मेलीलाई मार पुगेको थियो ।
सामान्य प्रकारको राजस्व तिर्न पनि पाल्पा धाउनुपर्ने बाध्यताले व्यवसायी दिक्क भएका थिए । करदाता सेवा कार्यालय तम्घास मै आउनाले व्यवसायी साथै गुल्मेलीहरुमा खुसी थपिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो । कोरोना भाइरसका कारण भएको लकडाउनले तिर्न नपाएको करपनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु खुशी भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । करदाता सेवा कार्यालय गुल्मीमा कर सम्बन्धि सबै प्रकारका सेवाहरु प्रदान गरिने छ ।
अहिलेसम्म सामान्य प्रकारको कर तिर्न पनि गुल्मेलीहरु पाल्पाको तानसेन जानुपर्ने थियो । अब यो बाध्यता हटेको छ । करदाता सेवा कार्यालय जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा रहेको छ । कारोबार दैनिक