काठमाडौं – गण्डकी प्रदेशमा मंगलबार साँझ थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो । थप कोरोना संक्रमित सबै स्याङ्जाका रहेका छन् । थप ८ जनामा २ जना महिला र ६ जना पुरुष रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ ।
Badigad Online