बाग्लुङमा स्वास्थ्यकर्मीलाई नै कोरोना सक्रंमण !

बाग्लुङमा स्वास्थ्यकर्मीलाई नै कोरोना सक्रंमण !

Badigad Online
1 Min Read

राम प्रसाद घिमिरे बागलुङ । धौलागिरि अस्पतालले व्यवस्थापन गर्दै धौलागिरि बहुमुखी क्याम्पसको प्रि-आईसोलेसनमा खटिएका २५ बर्षिय एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो । पिसिआर परिक्षणको क्रममा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको धौलागिरि अस्पतालका सुचना अधिकारि तिर्थराज गौतमले जानकारी दिए । अस्पतालमै कार्यरत संक्रममित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि अस्पतालको ओपिडी सेवा बन्द गरिएको अस्पतालले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित