गुल्मी : बजार गर्न घरबाट हिँडेका ५५ वर्षीय बेगबहादुर क्षत्रीको मृ*त्यु भएको छ। कालिगण्डकी गाउँपालिका ४ खोक्रोकका क्षत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ। बुधबार बिहान घरबाट पुर्तिघाट बजार हिँडेका उनी साँझसम्म घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्दै जाँदा उनको श`व घिसिङ खोला किनारमा फेला परेको थियो। करिब १ सय मिटर माथिबाट पहिरोले बगाएर खोला किनारमा पु¥याएको थियो। श*वलाई पो*स्टमार्टमका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । थाहा खबरबाट
Badigad Online