धौलागिरी अस्पताल बाग्लुङको भवन निर्माण गर्न आएका १३ मजदुरमा कोरोना संक्रमण !

धौलागिरी अस्पताल बाग्लुङको भवन निर्माण गर्न आएका १३ मजदुरमा कोरोना संक्रमण !

Badigad Online
1 Min Read

बागलुङ । धौलागिरी अस्पताल बागलुङमा भवन निर्माणका लागि महोत्तरीबाट आएका थप १३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअगाडी उनीहरुसँगै आएका २५ वर्षीय एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो । उनीहरु भवन निर्माणको लागि साउन १३ गते महोत्तरीबाट १८ जना आएका थिए ।

बागलुङ आएपछि कोरोना परीक्षण गर्दा एक जनालाई संक्रमण पुष्टि भएको थियो भने अन्य १७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमित युवासँगै बसेका कारण १७ जनाको पुनः परीक्षण गर्दा १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । महोत्तरीबाट आएर धौलागिरी अस्पतालको ‘सि’ ब्लकमै बसेका उनीहरु एक जनालाई कोरोना पुष्टि भएपछि १७ जनालाई बागलुङ नगरपालिकाको कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो । आदर्श अनलाईनबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित