सुमित्रा कडेंल,पाल्पा । तिनाउ गाउपालिकाको वडा न ५ र ६ मस्याम मराम्कोट तथा जन्तिल्हुङमा पर्यटक आकर्षणका लागि पर्यटन पुर्बाधारका कार्यक्रम भैरहेका छन । करिब ३ बर्ष देखि होम स्टे संचालनमा रहेका छ्न ।
पर्यटन व्यवसायका लागि निर्माण शुरू गरिएको पर्यटकिय स्थल जन्तिल्हुङ मराम्कोतमा गत आर्थिक बर्ष तिनाउ गाउपालिकाबाट बिनियोजीत बजेट ले आकर्षक भ्यु प्वाइन्ट निर्माण गरिनुका साथै मराम्कोतमा रहेका गुफाहरुलाइ संरक्षण तथा पर्यटकको आकर्षक हुने खालको स्थल निर्माण गरिएको छ। समुन्द्री सतहको करिब १२,०० देखि १५,०० सम्मको उचाइमा रहेको उक्त डाडा बाट हिमाल पहाड तथा तराइको आकर्षक भुभागहरुको मनोरम दृश्य देख्न सकिन्छ।
स्थानीय मगर जातिको मौलिक कला सस्कृती तथा प्राकृतिक रुपमा रहेकोे मनोरम डाडा काडा ,रिपिटर टावर र गुफाहरुको अवलोकन सङ्गै चिसो हावापानि र घुम्नको लागिअनुकुल बाताबरण रहेको छ। होम स्टे मार्फत यस क्षेत्रको पहिचान तथा आर्थिक स्तरबृद्दिका लागि गाउँ पालिकाले पहल गरेको पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । बिशेष गरि गर्मी मौसममा आन्तरिक पर्यटकको रुपमा घुम्न बडि मात्रा आउने गर्दछ्न।पर्यटकको बसाइ लम्ब्याउनका लागि अझै आकर्षण गर्ने खालका पुर्बाधारमा जोड दिन सके पर्यटकिय क्षेत्र को रूपमा बिकाश हुने जन्तिल्हुङका होम स्टे सन्चालक तथा तिनाउ गाउँ कार्यपालिका सदस्य मिना लम्तरीले बताउनुभयो।
यस आ ब २०७७/७८ मा समेत सोही क्षेत्र को बिकास का लागि बजेट बिनियोजन गरेको वडा न ५ का वडा अध्यक्ष दल बहादुर दर्लामिले जानकारी गराउनुभयोे । अहिले जन्तिल्हुङमा ११ तथा मराम्कोटमा ६ घर होम स्टे को रुपमा संचालनमा रहेका छन् ।