गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको ज्यान गएको हो ।
शनिवार साँझ आठ बजे तिर घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी नायब निरीक्षक दिपेश राईले बताउनुभयो । साथै घरका अन्य सदस्य सकुशल रहेको स्थानीयले जानकारी दिएका छन् । सल्लेरी खबरबाट
Badigad Online