बजार अनुगमनलाई कडाई गर्दै मुसिकोट : ६१ हजार बराबरको अखाद्य वस्तु नष्ट !

बजार अनुगमनलाई कडाई गर्दै मुसिकोट : ६१ हजार बराबरको अखाद्य वस्तु नष्ट !

Badigad Online
3 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले बजार अनुगमनलाई तीब्र पारेको छ । नगरपालिकामा रहेका किराना, खाद्यान्न पसलहरु सगैं अन्य पसलहरुमा नगरपालिकाले अनुगमन गरेको छ ।

व्यवसायीहरुलाई सचेत बनाई उपभोक्ताहरुको स्वच्छ र गुणस्तीय उपभोग्य सामान पाउने अधिकार संरक्षणमा ध्यान दिँदै कतिपय पसलमा रहेका उपभोग्य वस्तुहरु गुणस्तर हिन तथा उपभोग्य मिति नांघेका भेटिने गरेपछि नगरपालिकाले बजार अनुगमन गरेको जनाएको छ । पहिलो चरणमा वामी बजारका केही स्थानमा अनुमगन गरेको नगरपालिकाले दोस्रो चरणमा वामीटक्सार, भुवाचिदी बजार, ईन्द्रगौँडा, तल्लाफाँट, आँपचौर, अर्लाङ्कोट वामी मैदान, पौँदी अमराई, मुसिकोट देउराली लगायतका स्थानमा रहेका पसलहरुको अनुगमन गरेको छ ।

भने बाँकी रहेका स्थान र अनुगमन भैसकेको पसलहरुको पनि फेरी अनुगमन गरिरहेको जनाएको छ । बजार अनुगमनका क्रममा प्राय पसलहरुले मूल्य सुची नै नराख्ने गरेको, एउटै पसलमा धेरै व्यवसाय गर्ने गरेको, साईनबोर्ड नराख्ने गरेको तथा केही पसलहरुले नविकरण नगरेको पाईएको बताईएको छ । ९ वटै वडाका मुख्य बजार र १ सय ६६ वटा पसलहरुमा गरिएको बजार अनुगमनका क्रममा ८८ वटा पसलहरुमा उपभोग्य मिति नाघेका पेय पदार्थ, मसला र खाद्य वस्तु गरी झण्डै ६१ हजार ७ सय ९० बराबरको सामाग्री बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त अवसरमा मुसिकोट नगरपालिकाकी उपप्रमुख कमला शर्माले नगरपालिका भित्र व्यवसाय संचालन गर्दा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राखि इमान्दार भएर संचालन गर्न आग्रह गर्नुभएको थियोे । मुसिकोट नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले बजारको सुधारका लागि अवसर दिने, नीति नियम बुझाउने र कडाईका साथ प्रभावकारी अनुगमन गरिने बताउनुभयो । उहाँले समान खरिद गर्दापनि गुणस्तर, तौल र उपभोग्य मिति हेरेर खरिद गर्न उपभोक्तालाई आग्रह समेत गर्नुभएको छ ।

अधिकृत भण्डारीले यस पटकको अनुगमन व्यापारीहरुलाई सुझाव सगैं आवश्यक परामर्श दिईएपनि आगामी दिनका अनुमगनमा नगरपालिका कठोर बन्ने भन्दै म्याद नाघेका अखाद्यबस्तुहरु लुकाई छिपाई बेच्ने कार्य रोक्न र व्यवसाय वा फर्मलाई अनिवार्य रुपमा नगरपालिकामा दर्ता गर्न र दर्ता भएकाहरुले नियमित रुपमा नविकरण गर्न आग्रह गर्नुभएको थियो । साथै उहाँले अर्को पटकको अनुमगनमा पनि अखाद्य वस्तु भेटिएमा कारबाहीको प्रक्रिया अगाडी बढाईने समेत चेतावनी दिनुभयो ।

उहाँले नगरपालिकामा रहेका व्यवसायीक प्रतिष्ठानहरुको वार्षिक कार्ययोजना बनाई बजार अनुगमनलाई नियमित गरिने बताउनुभयो । अनुगमनमा मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौडेल, स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, योजना शाखा अधिकृत मुना ज्ञवाली, फिल्ड सम्योजक महेन्द्र घिमिरे सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित