मुसिकोटका पहिरो पिडीतको घर निर्माणमा वैदेशिक रोजगारमा संलग्न नेपालीको सहयोग !

मुसिकोटका पहिरो पिडीतको घर निर्माणमा वैदेशिक रोजगारमा संलग्न नेपालीको सहयोग !

Badigad Online
1 Min Read

बिष्णु प्रसाद आचार्य चकित । गुल्मीको मुसिकोट नगरपालीका २ मुसिकोट रातचौरका पहिरो पिडीत चुमानसिंह खत्रीको घर निर्माणको लागि वैदेशिक रोजगारमा संलग्न नेपालीले आर्थिक सहयोग गरेका छन । गत असार १८ गते परेको अबिरल वर्षाका कारण खत्रीको घर पुर्ण रुपमा क्षती भएको थियो ।

नेपालबाट बैदेशिक रोजगारीको लागि चेक रिपब्लीकमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु द्धारा खत्रीको घर निर्माणको लागि सहयोग रकम संकलन गरी ७४ हजार सात सय पचास रुपैयाँ नेपाल पठाएकोे स्थानीय जगत अधिकारीले बताउनुभएको छ । विदेशबाट पठाएको रकम स्थानीय बिष्णु बहादुर खत्री, जगत अधिकारी र महेन्द्र खत्रीले उक्त रकम चुमानसिंह खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

बिपतको यो समयमा थोरै भएपनि सहयोग होस भनेर गरिएको यो सहयोगले आफुलाई ठुलो राहत भएको भन्दै सहयोगीहरुप्रती रकम बुझ्दै खत्रीले धन्यवाद दिनुभएको थियो । साथै उहाँले बिपतमा आफुलाई एक्लो महशुश गर्न नपरेको पनि बताउनुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित