पहिरोले एकजना घाइते, ५ चौपाया मरे !

पहिरोले एकजना घाइते, ५ चौपाया मरे !

Badigad Online
1 Min Read

बागलुङ, २९ साउन– जैमिनी नगरपालिका वडा नं. ३ नौला निवासी देवबहादुर छन्त्यालको गोठमा खसेको पहिरोे परेर एक जना घाइते भएका छन् । पहिरोमा पुरिएर ५ पशु मरेका छन् । अविरल बर्षातपछि खसेको पहिरोले छन्त्यालका २२ वर्षिय छोरा प्रेम छन्त्याल घाइते भएका हुन् । टाउकोमा गम्भिर चोट लागेपछि उनलाई उपचारका लागि धौलागिरी अस्पतालमा ल्याइएको छ ।

पहिरोले उनका दुई भैसी र ३ बाख्रा मरेका छन् । घटनापछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थल मुचुल्का बनाएको छ । पहिरोले जनावर र गोठसमेत गर्दा ३ लाखबढी क्षति भएको बताइएको छ । घरमा बसेकोले छन्त्यालकी श्रीमती र छोरी भने सकुशल छन् । पहिरोले स्थानीय लक्ष्मी प्राविको एक कोठा पनि भत्केको छ । गाजा दहतर्फ जाने सडकबाट खसेको पहिरोले विद्यालयको कोठा भत्केको वडा अध्यक्ष बेदबहादुर छन्त्यालले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित