गोंगबु ह`त्या प्रकरणकी अ`भियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह !

गोंगबु ह`त्या प्रकरणकी अ`भियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह !

Badigad Online
3 Min Read

काठमाडौं, २९ साउन । गोंगबुमा २४ शनिबारको राति भएको वि*भत्स ह*त्या प्रकरणकी अ*भियुक्त कल्पना मुडभरीको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अ*नुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो । ‘कल्पनाको तीनवटा विवाह भइसकेको र मृ*तकसँग पनि सम्बन्ध रहेको तथ्य पत्ता लागेको छ,’ अ*नुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको समेत फेला परेको छ ।

दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ । एकजनाले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् । मृ*तक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अ*नुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । बरु उनले विवाह गर्नका लागि अर्को महिला मिलाइदिने सम्म भनेकी थिइन् । तर, कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । यतिसम्मकी कल्पनाले मागेको ५० लाख समेत व्यवस्था गरे ।

कल्पनाले ५० लाख दिन नमानेपछि कि त विवाह गर कि त ब्याजसहित फिर्ता गर्न भन्न थाले । यसरी शारीरिक र मानसिक दुवै तरिकाले त*नाव दिनथालेपछि कृष्णबहादुरको योजनावद्ध ह*त्या गर्ने निर्णयमा पुगेको अ*नुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् । छोराछोरीसहित गोंगबुमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले २४ साउनको राति कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाइन् । गंगबुस्थित गेष्ट हाउसबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा गोंगबुस्थित घरको कोठामा पुगेका थिए ।

भोड्का पिउँदै मासुको सितनमा कृष्णबहादुर मज्जा लिदै गए । रात छिप्पिदै गएपछि कल्पनाले दहीमा निन्द्रा लाग्ने पाँचवटा ट्याबलेट हालिदिइन् । बोहराले दही खाए । केही बेरमा लठ्ठिए । कल्पनाले ह*त्याको सबै तयारी गरेकी थिइन् । उनले घनले बोहराको संवेदनशील अङ्गमा पटक पटक प्र*हार गरिन् । त्यस्तो प्रहार गर्नुमा शारीरिक शो*षण गरेको आवेग पनि कारण थियो । घनले हान्दा थलिएका बोहरालाई सलले घाँटीमा बेरेर बेस्सरी कसेपछि प्रा*ण लिइन् । उनको मृ*त्यु भएपछि श*वको व्यवस्थापन गर्न लागिन् । सुटकेश निकालिन् । तर, श*व अटेन । त्यसपछि उनले श*वको टाउको र खुट्टा काटेर अर्को झोलामा हालिन् ।

शुरुमा सुटकेश नाम्लोले बोकेर लगिन् । श*व आफू बस्ने घरभन्दा केही सय मिटर पर लगेर दुईवटा गाडीको बीचबाट फालिदिइन् । त्यसपछि टाउको र खुट्टा केही पर फालिन् । श*व व्यवस्थापनमा उनलाई केशोरावस्थाकी छोरीले सहयोग गरेकी थिइन् । प्रहरीले कल्पनाकी १५ वर्षीया छोरीलाई पनि नियन्त्रणमा लिई अ*नुसन्धान गरिहेको छ । छोरा भने आफन्तले राखेका छन् । कल्पनाले कृष्णबहादुरमाथि छोरीलाई समेत आँखा लगाएको कारण ह*त्या गरेको शुरुको बयान दिएकी छिन् । तर, घ*टनाको अ*नुसन्धान गर्दै जाँदा यौ*न र पैसा दुवै कारण देखिएको छ ।- Reporters nepal

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित