‘चकित’ बिष्णु प्रसाद आचार्य गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट तल्लाबारीकी सँगिता घिमीरेलाई निमोनिया जस्तो जटिल रोगले थला पारेपछि उपचारमा आर्थिक समस्या भएको छ । मध्यम परिवारकी छोरी सँगितालाई यस अगाडी पनि लक्षण देखिएपनि कुनै सामान्य कारणले होला भनेर खासै वास्ता नगरेकोले अहिले एक्कासी छोरीको अवस्था जटिल बनेको बुबा इश्वरी घिमीरेले बताउनुभएको छ ।
सँगिता यस अगाडी मंसिर महिनामा अचानक वेहोस भएर लडेको भएपनि गस्भिर रुपमा लिइएन र यस्तो समस्या पटकपटक भएपछि बल्ल यपचार खोजियो । पछिल्लो समय यहि साउन १० गते अचानक बेहोस भएपछि मुसिकोटको एउटा मेडिकल पसलबाट सामान्य औषधी लगेर खाएपनि काम नगरेपछि साउन १६ गते जिल्ला अस्पताल तम्घास लगियो । तम्घासको २ दिन उपचारमा कुनै सुधार नभएर बेहोस अवस्थामा रहेकोले त्यहाँबाट थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पा लगेपछि २५ गतेसम्म बेहोस अवस्थामा भेण्टीलेटरमा राखेको र २६ गते आइसियुमा राखेर उपचार गरेपछि अहिले छोरीको अवस्थामा सुधार आएको बुबा इश्वरी घिमीरेले बताउनुभयो ।
सँगिता अहिले होसमा रहेको र डाक्टरले पनि बचाउन सक्छु भनेकोले उपचारको लागि आर्थिक अभाव भएकोले सहयोगको लागि उहाँले अपिल समेत गर्नुभएको छ । अहिलेसम्म झण्डै ३ लाख खर्च भएको र कति खर्च लाग्छ भन्ने यकिन नभएको उहाँले बताउनुभयो । विभिन्न सहयोगीहरुले अहिलेसम्म झण्डै एक लाख पचास हजार भन्दा बढी सहयोग गरेको बताउँदे उहाँले धन्यवाद समेत दिनुभएको छ । सहयोगको लागि बुबा इश्वरी घिमीरेको सम्पर्क नं ९८४७२७२५२७ रहेको छ । उहाँसंग सम्पर्क नभएमा बिष्णु प्रसाद आचार्यको सम्पर्क नं ९८४७२६८२५७ मा पनि सम्पर्क गर्न सकिने छ ।
१८ वर्षकी सँगिताले अहिले ने रा त्रिभुवन मा वि मुसिकोटको कक्षा ९मा अध्ययन गर्दैछिन । उनी घरकी साँइली छोरी हुन । उनको उपचारको लागि मुसिकोटका कृष्ण घिमीरेले व्याक्तिगत पहलमा संगिता घिमीरे बचाउ अभियान नै सञ्चालन गरि विभिन्न दाताहरुबाट ६० हजार भन्दा बढी रकम संकलन गरेको र केही रकम हस्तान्तरण गरेको बताउनुभयो । मुसिकोटका रोशन सिहं ठकुरी पनि बचाउ अभियानमा लागेको र अहिले सम्म आफुले ६० हजार भन्दा बढी रकम जम्मा गरिसकेको र जसमध्ये केही रकम परिवारलाई बुझएको बताउनुभयो ।
सँगिताको उपचारको लागि मुसिकोट नगरपालीका ७ वामी स्थित महेन्द्र आदर्श नमुना मा विका सहायक प्र अ अनन्तलाल भण्डारी र मधु मल्लको सक्रियतामा १ लाख १४ हजार रकम सहयोग तोलादी,नौघाट, नौबिसे र टारीका स्थानीयबाट संकलन गरेर पठाएको भण्डारीले बताउनुभयो । आफुहरु उनको जीवन रक्षाका लागि निरन्तर सहयोगमा लाग्ने उहाँले बताउनुभयो ।