मध्यरातमा उल्लिखोलाले बगायो ट्रक!

मध्यरातमा उल्लिखोलाले बगायो ट्रक!

Badigad Online
2 Min Read

जीवन पाण्डे, गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका–६ उल्लीखोलाको डहरे खोलाले ट्रक बगाएको छ । बिहीबार राति परेको अविरल वर्षाले खोलामा फसिरहेको १० चक्के ट्रक बगाएको हो । सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालका अनुसार बिहीबार बुटवलबाट बागलुङको गलकोट हटिया जाँदै गरेको लु १ ख ७४०६ नम्बरको साँझ ५ बजे खोलामा फसेको थियो ।

बिहिवार राति परेको अभिरल बर्षाका कारण आएको खोलाले ट्रकसंगै ट्रकमा भएको सिमेन्ट, साइफन सहितका हार्डवएर सामान बगाएको हो | ट्रक साँझ डहरेखोलामा फसेपछि निकाल्न अथक प्रयास गरिएको ट्रक चालक सुधन खड्का ले बताए | फसेपछी ट्रकको क्रस भाचिएको थियो | जेसिवी लगाएर तान्न प्रयास गरिएपनि नसकेपछि शुक्रवार बिहान ट्रक निकाल्ने भनि चालक नजिकै रहेको साथीको गाडीमा सुतेका थिए |

प्रायजसो धेरै सवारी साधन फस्ने डहरेखोलामा पानिसंगै कालो लेदो अनि गेग्रेटो बग्ने गर्छ | ट्रक फस्दा ट्रकको चक्काको धेरै भाग गेग्रेटोमा गडेको बताइएको छ | राति अचानक आएको खोलाले ट्रकलाई फसेको स्थानबाट करिव २५ मिटर तल बगाएको हो | ट्रकलाई आज शुक्रवार दिउसो बगेको स्थानाबाट उठाइने वडा न। ६ का वडाध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभएको छ |

उल्लीखोला क्षेत्रमा बर्षेनी कयौ मालवाहक गाडी तथा सवारीसाधन फस्ने बिग्रिने र बग्ने गरेका छन | कयौ यात्रुहरु अलपत्र पर्ने र ज्यानै गुमाउन सक्ने जोखिम भएपनि त्यहा कसैको नजर नपर्दा सर्वासाधरणले धेरै दुख पाएको गुनासो गर्छन | यसमा सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नुपर्ने बान्छनीय छ |

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित