अबिरल बिष्णु गुल्मी, गुल्मी जिल्लाको सत्यवती गाउपालिका वार्ड न ४ लिम्घा का बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत बर्ष को श्रावण ७ गते माथी बाट खसेको पहिरोले पुरिदा मानबिय क्षति र ३० घरहरु जोखिममा परेका थिए । त्यही कुरा लाइ मध्यनजर गर्दै बढी जोखिमपूर्ण घरहरु लाइ सुरक्षित ठाउमा सार्नको लागी १२ वटा घर निर्माणको जिम्मा अन्जु सप्लायर्स पाल्पा लाइ दिइएको थियो।
प्रदेश सरकारको अनुदानमा घर निर्माण र राहातको पैसाबाट जग्गा गरि निर्माण गर्न लागिएको १२ वटा घरको काम ८०% सकिएको र २०% को काममा छाना हाल्न र ट्वाइलेट बनाउन बाकी रहेको अन्जु सप्लायर्स का म्यानेजिङ डाइरेक्टर ओमनाथ सुनारले बताउनु भएको छ।
उहाका अनुसार “लकडाउन र बर्खाको समय भएकाले काममा केहि ढिला सुस्ती भएता पनि अबको १ महिनामा सम्पुर्ण काम सकिने छ ।” बढी जोखिम घरहरुलाइ अहिले सारेता पनि अब भने अन्य खोजिम बस्ती सार्ने तयारीमा पनि रहेको वार्ड अध्यक्ष दान बहादुर राना ले जानकारी दिनु भएको छ।