छविलाल पाण्डे, बागलुङ : अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया युवतीको मृत्यु भएको हो ।
ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाककी स्थानीय कली परियारको १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको वडा अध्यक्ष युवराज महतले जानकारी दिनुभयो । रातिको समयमा पहिरो खस्दा पुरिएर मृत्यु भएको उहाँको भनाई छ ।वर्षाका कारण घर माथिदेखि झरेको पहिरोले घर पुरिँदा युवतीको ज्यान गएको बताइएको छ । घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि करिब १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष महतले बताउनुभयो । मृतक परियारका घरका अन्य सदस्य अर्का घरमा सुतेका कारण ज्यान जोगाउन सफल भएका छन् ।
पुजा सुतिरहेको अवस्थामा पहिरो खस्दा पुरिएको बताइएको छ । परिवारको स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य सुरु भएको छ । वर्षाले गर्दा यस वर्ष पश्चिम बागलुङ तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा पहिरोले धन जनको ठूलो क्षति पु¥याएको छ ।