प्रेम सुनार, गुल्मी । गत दुई महिना देखि ह्दय घात भई भारत स्थित अस्पतालको शैयामा रहेका गुल्मी मुसिकोट नगरपालिकाका रेशम कुमालक्री श्रीमति विहिवार विहान बडिगाड खोलामा मृ’त फेला परेकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ दोभानकी ४३ बर्षीय कुमालकी श्रीमति बिष्णु माया कुमाल चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ तुराङ्ग बाघखोला स्थित बडिगाड खोलाको बिच बगरमा मृ’त फेला परेकी हुन् ।
उनको श’व पोष्ट’मार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको र आफै हाम्फा’लेको वा अन्य कारण बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी केदार राज पन्थले बताए । दोभान स्थित मृ’तकका छिमेकी टिका गुरुङ्ग संग सम्पर्क राख्दा उनी हिजो दिनै भर छिमेकी भिमबहादुर कुमालको घरमा बसेकी थिईन् । त्यति बेला एउटा मात्र छोरा छ त्यसैले पनि मार्छु, काट्छु भन्छ भनेर दु्खेसो पोखेकी थिईन् ।
राती ११ बजे सम्म देउरानीहरु संग कुराकानी गर्दै बसेकी थिईन् । उनका श्रीमान भारतको गुजराँतमा छन् । ह्द’यघात भई अप्रेशन गरेर उनी अस्पतालको शैयामा रहेको गुरुङ्गले बताए । डिएसपी पन्थले ति खोलामा हाम्फा’ल्नु श्रीमान संगको भेटघाट समय लामो हुनु्को कारण पनि एक हुन सक्ने बताए । उनका एक मात्र १५ बर्षिय छोरा रहेको बताईन्छ । मृ’तकको दोभान गाउँ बडिगाड खोलाको तिरमा रहेको छ ।
Badigad Online