गुल्मीमा थप २ जनामा कोरोना सक्रंमण, सक्रंमितको संख्या ३ सय ८१ पुग्यो

गुल्मीमा थप २ जनामा कोरोना सक्रंमण, सक्रंमितको संख्या ३ सय ८१ पुग्यो

Badigad Online
1 Min Read

सागर भण्डारी गुल्मी । गुल्मीमा कोरोना भाइरस संक्रमतिको संख्या ३ सय ८१ पुगेको छ । बिहिवार जिल्लामा थप २ जना नयाँ संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार हिँजो थपिएका सक्रंमित मध्ये ईस्मा गाउँपालिकाका २३ वर्षीय पुरुष र गुल्मी दरबार गाउँपालिकाका ७६ वर्षीय वृद्धामा कोरोना सक्रंमण पुष्टी भएको हो ।

सक्रंमित मध्ये दरबार गाउँपालिकाका भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाईनमा बसेका व्यक्ति रहेको र अर्की वृद्धा उपचारको क्रममा बुटबल गएकोमा बुटबलमै कोरोना पुष्टी भएको परिवार नियोजन सुपरभाईजर गोपाल कार्कीले जानकारी दिनुभएको छ । जिल्लामा संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित