विष्णु अविरल गुल्मी । जिल्लाको सत्यवती गाउपालिकाको वार्ड न ४ का २ वटा वडालाई सील गरिएको छ । स्थानीय ३५ वर्षीय पुरुषमा सकांस्पद लक्षणको आधारमा आर डि टि परिक्षण गर्दा पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागि पठाईएको र रिपोर्ट नआउन्जेल सम्मलागि लिम्घाका २ ओटा टोल सील गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
ज्वरो,रुखाखोकी र स्वास फेर्न गारो भएर जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न गएका उनलाइ आरडिटि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछी अक्सिजन सहित थप उपचारको लागी बुटवल पठाइएको स्वास्थ्य केन्द्र प्रमुख सुधा ढकालले बताउनुभयो ।
उहाका अनुसार उनको पिसिआर रिपोर्ट नआउन्जेल को लागी लिम्घा को टोल न ८ र ९ सील गरिएको र जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रको इमर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सेवा बन्द गरिएको उहाले बताउनु भएको छ । हाम्रा सहकर्मी अविरल विष्णुले खबर पठाउनुभएको छ ।