अविरल बिष्णु गुल्मी – गुल्मी जिल्लाको सत्यवती गाउपालिकाको वार्ड न ४ लिम्घा स्वास्थ्य चौकीमा प्रसुती सेवा लाइ थप गुणस्तरीय बनाउनको लागी सामाजिक बिकास मन्त्रालय प्रदेश न ५, प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवल ले प्रसुती सेवामा प्रयोग हुने २ लाख ४४ हजार बराबर को २६ किसिमका सामाग्री हस्तान्तरण गरेको छ।
स्वास्थ्य चौकिले प्रसुती सेवाको सन्दर्भमा गुणस्तरीय सामान नहुदा केहि समस्या झेल्दै आएको र अब गुणस्तरीय सामान आएपछि सेवा प्रबाहामा बिस्वस्त हुने भन्दै लिम्घा स्वास्थ्य चौकीका इन्चार्ज राम बसुर्यबंशीले खुसी व्यक्त गर्नु भएको छ। उहाका अनुसार सेवा प्रबाहामा गुणस्तरीय सामान तुरुन्त प्रयोगमा ल्याइ सेवा प्रदान गर्ने बताउनु भएको छ। सेवा गुणस्तर बनाउन को लाइ बिभिन्न किसिमका समाग्री हस्तान्तरण गरेको मा मन्त्रालय र प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लाइ बिषेश धन्यवाद दिनु भएको छ।